एनप्याब्सन तनहुँको दमौलीमा दशौं खेलकुद महोत्सव

भञ्ज्याङ न्यूज

निजी विद्यालयको छाता संस्था एनप्याब्सन तनहुँले दमौलीमा शुक्रबारदेखि दशौं खेलकुद महोत्सव सञ्चालन गरेको छ । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यसहित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदानमा खेलकुद महोत्सव सञ्चालन गरेको हो ।

खेलकुद महोत्सवमा एनप्याब्सनसँग आबद्ध २७ विद्यालयको सहभागिता रहेको छ ।

शनिबारसम्म सञ्चालन हुने महोत्सवमा २२ विधामा पाँच सय भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने एनप्याब्सनका सहसचिव एवं खेलकुद संयोजक विश्वास केसीले बताए ।

खेलकुद महोत्सवमा एथलेटिक्सतर्फएक सय मिटर, दुइ सय मिटर, चार सय मिटर, आठ सय मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट र भलिबल खेलमा प्रतिस्पर्धा हुनेछ ।

वि.सं. २०७७ र २०७८ मा कोरोना कहरका कारण खेलकुद महोत्सव सञ्चालन हुन सकेको थिएन । यसअघि आठौ र नवौं खेलकुद महोत्सवको उपाधि व्यास नगरपालिका-५ स्थित ग्रिनस्टार बोर्डिङ स्कूलले जितेको थियो ।

यस्तै, उक्त खेलकुद महोत्सवको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले खेलकुदले विद्यार्थीको शारीरिकका अलवा मानसिक विकासमा सहयोग पुग्ने बताए । आजका बालबालिका भोलिका कर्णधार रहेको बताउँदै भण्डारीले खेलकुदले मानिसलाई अनुशासित बनाउने उल्लेख गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker