दमौलीमा गाइजात्रा

तनहुँ सदरमुकाम दमौलीमा आइतबार साँझ प्रदर्शन गरिएको गाइजात्रा । दमौलीमा बसोवास गर्ने नेवार समुदायका तनहुँसुर भिमसेन गुठी, छंगेली नेवा खल, तनहुँ कालिका गुठी लगायतले गाइजात्रा प्रदर्शन गरेका थियो ।

नेवार समुदायले वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा निकाल्ने परम्परा रहेको छ ।

तस्विर : भञ्ज्याङ










