बन्दीपुरको नाहालामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिप्परको ठक्करबाट आइतबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र. ०६–००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुने कास्कीको रुपा गाउँपालिका–७ बस्ने ४५ वर्षीय धर्मराज सेन हुन् ।

मध्यान्ह १२ बजे भएको दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौलीमा चिकित्सकले १२ः४३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker