जेन जी समूहको आन्दोलन : ओली सरकार संकटमा, बूढानीलकण्ठमा गम्भीर छलफल

जेन जी समूहको आजको आन्दोलनमा उत्पन्न कहालीलाग्दो अवस्थाका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अप्ठेरोमा परेको छ । हालसम्म १५ जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यता,नेपाली काँग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन् । सामाजिक सञ्जालमार्फत उनले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने धारणा राखेका छन् ।

यता,मुलुकको पछिल्लो अवस्थाबारे छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केन्द्रीय पदाधिकारीहरुको बैठक बस्दैछ । आजको दुःखद घटनामा प्रहरी र गृहमन्त्री रमेश लेखकलाई बढी जिम्मेवार देखाउन थालिएको छ ।

आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद्को बैठक राखिएको छ । जेन जी समूहको आन्दोलनमा भएको गोली प्रहार र धेरैको हताहतीबारे त्यसअघि काँग्रेस नेतृत्व र प्रधानमन्त्री ओलीबीच छलफल हुने बुझिएको छ । जन आस्था

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker