घरमै पढ्दै बालिका
कोभिड-१९ संक्रमण त्रासका कारण विद्यालय बन्द हुँदा घरमै पढ्दै गरेकी तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ टुटेपानीकी एक बालिका र बालिकाको सिकाई सहजिकरण गर्दै उनकी आमा । कोरोना भाइरस संक्रमण जोखिम बढ्दै जाँदा विद्यालयहरु सहज रुपमा खुल्न नसक्दा बालबालिकाको सिकाई प्रभावित हुन पुगेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










