खैरेनी माविको विव्यस अध्यक्षमा केशवराज सर्वसम्मत चयन

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ । विद्यालयमा बुधबार बसेको अभिभावक भेलाले व्यवस्थापन समितिको अध्यक्षमा केशवराज घिमिरेलाई चयन गरेको हो ।
व्यवस्थापन समितिको सदस्यहरुमा सुनिता बिश्वकर्मा, पदम बहादुर राना, अप्सरा श्रेष्ठ र सदस्य सचिवमा प्रधानाध्यापक राजेश्वर घिमिरे रहेका छन् । अध्यक्षमा निर्वाचित घिमिरे सोहि विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन् ।
यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा शारदा उपरकोटी मिजार सर्वसम्मत चयन भएकी छन् । सदस्यहरुमा रिता पौडेल ढकाल, जानुका कार्की, मोतिसरा वि.क., रेनु क्षेत्री र कोपिला कुमाल रहेका छन् ।
नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सबैले आ–आफ्नो ठाउँबाट सकरात्मक पहल गर्न आग्रह गरेका थिए ।










