व्यवस्था परिवर्तन गर्ने की सत्ता ?

सुरेशकुमार पाण्डे

केपि ओलीले भने झैं “यतिठूलो विधंसा प्रधानमत्री हटाउनलाई मात्र भएको हो ?” वा बधाई बिद्धमान व्यवस्था परिवर्तन गर्नका लागि थियो ? अहिलेको अबस्थाले त्यसमा चल्दै आएको व्यवहारमा खासै परिवर्तन हुने संकेत देखिदैन । हुन त जति प्रयास गरेपनि तुरून्तै भनेको जस्तो परिवर्तन आउन सक्दैन । त्यसका लागि समय पनि लाग्छ । तर आमूल परिवर्तन गर्ने कम्तिमा बाटो त छोपौँ । यद्यपि आफूले आफ्नो पिठ्यूँको मयल नदेख्ने तर अरूको अनुहार सधैँ कालो देख्ने व्यवहार अँझैपनि सुध्रिने भएन । किन की रोग निको गराउनका लागि कम्तिमा रोग चिनेपछि त्यसको औषधि पनि चिन्नैपर्छ । अब रोग लाग्यो भन्दै कराउँदै गरेर त्यो रोग निको हुनुको सट्टा अरू बढेर जान्छ । बरू त्यसको अचुक औषधी उपचार पत्ता लगाए बल्ल त्यो निको हुने छ ।

सबैले देशमा भ्रष्टाचार छ देशमा सुसाशन चाहिन्छ भन्दै त्यही दलदलमा पौडि खेल्नेगरिन्छ। अनि कसरी त्यो निको हुनसक्छ ? कम्तिमा जसले भन्छ उसले त व्यवहारमा उतार्नुपर्छ । देशमा सुसाशन ल्याउन र भ्रष्टाचार मुक्तगर्न त देशको आमूलपरिवर्तननै गर्नुपर्छ । यसको बारेमा राणहरूको साशनकालदेखि जानेका बुझेका आमूलपरिवर्तन गर्ने भनेर राजनैतिक पार्टी गठन गरेकाहरू हाम्रै माझमा छन्। आ–आफ्नो स्वार्थमा त्यो बाटो छोड्दै धनको लुटमारमा व्यस्थ, पदको दुरुपयोग गरेर ऐयासि गर्ने देश विदेशमा घुम्नेहरू अहिले भन्छन कसरी सुसाशन आउँछ?; हिंजो बन्दुक बोकेर लेफ्राइटको ताल ठोकेर नौलो जनवादी क्रान्तिको बिढा उठाएका क्रान्तिकारी भनौदाहरू भन्छन् देशमा सुव्यवस्था कसरी आउँछ ? कसरी देश भ्रष्टाचार मुक्त हुन्छ ? यद्यपि उनीहरूले नै सरकारमा आलो पालो गरी सत्ताको स्वाद लिएका थिए। उनीहरू अहिले कसरी देशमा सुशासन आउँछ भन्छन् । तिमीहरूलाई थाहा छैन भने किन सत्ताको लागि लुछाचुँडी गर्यौ ? यसको बारेमा कसैले कुनैबेला आत्मालोचना ग¥यो त ? कसैले आफूबाट भएको गलतीलाई स्वीकार ग¥यो की पक्कै पनि गरेनन् ।

आ–आफ्नो स्वार्थ पुरागर्न जनतालाई रनभुल्लमा पारेर सकेजतीको समय नष्ट गरे। पद प्रतिष्ठाको दुरपयोग गरे अनि देशलाई नाङ्गेझार पार्दैछन् अँझैपनि आफ्नो गल्ति लुकाउन, गलतीका चाङ्ग लगाउँदैछन्। अनि भन्छ हामी भ्रष्टाचार अन्त्य गर्छौ ।

मानिसको नसानसामा भ्रष्टाचार छताछुल्लै छ । तलबाट माथिसम्म सबै यस्मा मुछिएका छन्। जनताबाट मत लिने वा उनिहरूबाट चन्दा लिने, भ्याट लिने बद्लामा उनिहरूलाई यातना दिने, रोजगार बिहिन विदेशमा भौतारिनका लागि बातावरण तैयार पार्ने काम हुदै आएको छ । कसैबाट लुकेको छैन भ्रष्टाचारको जननि पुँजिवादी साशन व्यवस्था नै हो। एउटा कर्मचारीको तलबले आजको महंगीमा खान लगाउन ठिक्क हुन्छ । त्यो पनि सरकारी जागिर छ भने र कर्मचारीको कुनै नराम्रो लत छैन, सानो परिवार छ भने उनिहरूको तलबमा गुजारा चल्छ । अब उसले देखेको सपना जागिरबाट प्राप्त हुने तलबमा पुरा हुने छैन। यसो भनौँ आमदानी आठ आना, खर्च एक रूपियाँ यस्तो अबस्थामा कर्मचारीहरुलाई त्यो खर्च पुरा गर्न नियमित भ्रष्टाचार नगरि हुँदैन । कि त कर्मचारीको तलब अलि धेरै हुनुपर्छ नत्र उसले चोरन छाड्दैन्।

भ्रष्टाचार भनेको ठुलो तस्कर गर्नुमात्र होइन सानो कर चोर वा स–साना कमिसनका खेलाहरूमा पनि भ्रष्टाचार हुन्छ। त्यो आधार तैयार पारेको छ स्वायं सरकारले उनिहरूले अप्नाएको व्यवस्थाले जग्गाको कारोबार, दलाली, ठेक्काप्रथा यो सबैमा कमिसनका खेला हुन्छन् र कारोबार गर्नेहरूसँग आएको रकमको कुनै हिसाब किताब छैन ।

जस्तै उद्हारणका लागि सरकारी मूल्य दुइ लाख कट्ठा छ भने त्यो बिस लाखमा बिक्री भएको छ । उसले दुइ लाखको राजश्व तिरेर अठार लाखको राजश्व खायो। अर्थात कारोबार भयो बिस लाखको देखाइयो दुइ लाख। यस्तै प्रकारले जमिनमा ठुलो भ्रष्टाचार भएको छ । यहाँ न लिने बोल्छ न दिने बोल्छ । यदि खरिदारले बिस लाख मूल्य राख्छ भने सरकारले बिस लाखको बिक्रीकर्तासँग पनि कर तिराउँछ। यस्तो अवस्थामा दुबै पक्षको सहमतिमा मूल्य थोरै राख्छन् त्यसरी दुबै पक्षको कर जोगियो र सरकारलाई राजश्व घाटा लाग्यो ।

अब छिट्टै काम गराउनु परेको छ तर कर्मचारीहरूले त्यसलाई यो मिलेन ऊ मिलेन भनेर आलटाल गर्दै काम लट्काईदिन्छन् । त्यसलाई छिटो गराउन कर्मचारी हाकिम आदिलाई दस्तुरको व्यवस्था गरियो, चियापानीको व्यवस्था गरियो त्यसपछि बल्ल त्यहाँबाट उम्किन सकिन्छ। हाम्रो समाजमा एउटा कुखुराको चल्ला किन्दा पनि दलालले कमिसन खान्छ। अब भनौ भ्रष्टाचार कहाँ छैन ?

युवाहरूलाई रोजगार छैन उनिहरूले जीवनयापन कसरी गर्ने के यसबारे सरकार दोसी छैन ? यदि युवाहरूलाई रोजगारी पाउँछन भने उनिहरू काम गरेर खानछन् अनि केही मात्रामा भ्रष्टाचारमा अंकुस लाग्नसक्छ। यसको बारेम सरकार पक्षको नियत सही छैन। किन की देशमा रोजगारको श्रोतहरू छन् जसलाई कार्यन्वयन गरिंदैन ।

हाम्रो देशका पुराना पुस्ताहरू सबैलाई थाहा छ भ्रष्टाचारको अन्त्य कसरी हुन्छ तर उनिहरूले त्यसलाई व्यवहारिकता दिन चाहाँदैनन्। किनभने उनिहरू मध्य धेरै त्यो भ्रष्टाचारमा लिप्त भएकाछन् । त्यसकारणले पनि टालमटोल गर्दै नारा विकासका तर देशलाई विदेशको मण्डि बनाउन तल्लिन हुन्छन्। अचेल डा. बाबुराम भट्टराई भन्छन्, “हाम्रो युवा उमेर मोटो ’श’ (मशाल) कि पातलो ’स’ (मसाल) राम्रो भन्ने अन्तहिन विवादमा ग्रुजरेको छ।” गुरूहरू अझै नेतृत्वमै हुनुहुन्छ ! लाखौं वेरोजगार सर्वहारा÷श्रमिक विदेशिने र श्रम–निर्यात तथा वस्तु–आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ ! वास्तबमा केही कम्युनिष्ट नेताहरू जसले देशमा नयाँ जनवादी व्यवस्था हुनुपर्छ भन्ने मान्यता राखेका थिए स्वायं उनिहरू पनि डाक्टर साहेबले भने जस्तै यो वाद र उ वाद, यो विचार र उ विचारमा लामो समय खेरा मात्र फालेनन् उनिहरू आपसमा टुक्रिएर एउटा पार्टीबाट दर्जनौं पार्टीमा परिरणत भए। उनिहरूको गनतव्य बादविबादमा हरायो। उनिहरू अल्लमल्ल परे र गन्तव्य विहिन बने। एउटा कम्युनिष्ट पार्टी जसले देशमा कृषी क्रान्तिको बिडा उठाएको थियो उसले सबै भुलेर पद प्रतिष्ठामा अमूल्य समय खेरा फाल्यो।

अहिले उनिहरूले देशमा कम्युनिष्ट व्यवस्था लागु हुनसक्दैन भनेर आफ्नो राजनैतिक पार्टीलाई कम्युनिष्टवादबाट मुक्त गरेको बताएका छन् । क्यौंले कम्युनिष्टको आधारभूत सिद्धान्लाई संशोधन गर्दै आएकाछन्। तर क्यौंले अहिलेपनि कम्युनिष्ट पार्टीको रक्षाका लागि संघर्ष गर्दै आएका छन्। त्यो वर्गले इमानदारीताका साथ राष्ट्रियता र जनजीविकाका लागि नयाँ जनवादी व्यवस्था अर्थात कृषिक्रन्तिमा अहिलेपनि जोडदिंदै आएको छ ।

यसले के प्रष्ट पार्छ भने देशमा आमूलपरिवर्तन् नगरिनहुने अबस्था छ। सबैमा यस्तो भ्रम सिर्जना भएको छ की हामीले चाहेर पनि केही हुनसक्दैन्। विश्वमा कम्युनिष्ट सिद्धान्त फेल भयो। तर उनिहरूले यो भन्न लजाएका हुन्छन् कि कम्युनिष्टबाट सैद्धान्तिक रूपमा हामी फेल भयौँ। देशको लागि कम्युनिष्ट बिचार अहिले झन आबश्याकता देखिन्छ। अहिले जेनजीले उठाएका मुद्दाहरू कम्युनिष्टहरूले सुरूदेखि उठाउँदै आएका छन् । तर व्यवहारमा उनिहरू चुकेका छन् ।

त्यस्तो हुनु भनेको उनिहरू जसले सरकारको लगामसम्म पुगे र जनतालाई आफू कम्युनिष्ट भएको बताए । तर उनिहरू कम्युनिष्ट बनेका थिएनन् वा सत्ताको स्वार्थमा परेर बिचारबाट पतन भएका थिए। जसले जनताद्वारा अपक्ष गरिए अनुसारको व्यवहार हुनसकिन र जनता आक्रोशित हुन पुगे। तर उनिहरूको जायाज आक्रोसबाट उत्पन्न आन्दोलनलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेतृत्व गर्न चुक्यो। त्यसो हुनुको पछाडि क्रान्तिकारी शक्तिको आत्मगत अबस्था तैयार भैनसकेको छर्लङ्गै हुन्छ ।

अहिले जेनेरेशन जीको नेतृत्वमा उठेको आन्दोलनले सही दिशा पाउन सकेन। उनिहरूको आन्दोलनबाट धेरै अवसरबादीहरूले आ–आफ्नो स्वार्थमा ढाल्ने भरपुर कोसिश न गरेका होइनन् । तर उनिहरूले फैलाएको अराजक गतिबिधिबाट साम्राज्यवादी शक्ति अगाडी आएपछि उनिहरूको मनसाय पुराहुन सकेन र देशमा आर्को वैकल्पिक व्यवस्था सञ्चालनमा आयो। जसले गैर राजनैतिक अन्तरिम सरकारको गठन गर्यो। यद्यपि यो असंवैधानिक र गैर कानुनी व्यवस्था हो। तरपनि जनताको आन्दोलनको कदर गर्दै सबैले समर्थन गरेर देशमा शान्ति बहाल गर्नु पर्दथ्यो। त्यही रूपमा राजनैतिक पार्टीहरूले दिगो सहमती जनाएका हुनसक्छन्।

यस्तो अबस्थामा समयमै निर्वाचन गराएर देशलाई निकास दिनुको विकलप छैन। अहिले गणतन्त्रको रक्षाका लागि शान्ति र सुव्यवस्थाका लागि सबैले सहमति जनाएका छन्। तर आमूल परिवर्तनको कल्पना यही व्यवस्थाबाट गर्न सकिदैन। यो सुधारवादी आन्दोलन नै हो। बरू राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि अहिलेपनि सबै देशभक्त र गणतन्त्र प्रेमिहरूको एकता हुनुपर्द छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker