गीतल प्रतिष्ठान तथा नाटक मञ्चको अध्यक्षमा अधिकारी

दमौली : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको अध्यक्षमा पुनः आकाश अधिकारी चयन भएका छन् । शनिबार सम्पन्न नवौ साधारणसभा एवं चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दिवाकर भट्टराई र लक्ष्मी तिमल्सिना, सचिवमा माधव प्रसाद अधिकारी, सहसचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा बन्धुराज अधिकारी र सदस्यहरुमा अन्जना तिमिल्सिना, दिव्या काफ्ले, गिता रखाली मगर, दिपक गैरे चयन भएको बताइएको छ ।
कार्यक्रममा कवि अनिल श्रेष्ठले साहित्य क्षेत्रमा तनहुँ सधैं अग्रस्थानमा रहेको बताए । कार्यक्रममा डा. यम बहादुर पौडेल क्षेत्री, गण्डकी वाङ्मय तनहुँका अध्यक्ष गौ कुमारी न्यौपाने, प्रलेस तनहुँका अध्यक्ष विकास विक, लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्की लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।










