भानु जयन्तीमा युएईमा रचना वाचन तथा कृति लोकार्पण
युएई : आदिकवि भानुभक्त आचार्ययको २११औं जन्म जयन्तीको अवसरमा युएईमा तनहुँ सेवा समाज युएईले खुल्ला रचना वाचन तथा कृति लोकार्पण कार्यक्रम ग रेको छ । नेपाली राजदुतावास युएइका राजदुत तेज बहादुर क्षत्रीले कार्यक्रममा आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा पु¥याएको योग्दानको चर्चा गर्दै विदेशमा रहेका नेपालीहरु गरेको यस प्रकारको कार्यक्रमको प्रशंसा गरे ।
तनहुँ सेवा समाज युएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका प्रमुख संरक्षक दिपक खड्का, प्रमुख सल्लाहकार कृष्ण रायमाझी, एनआरएनए युएइका अध्यक्ष विकाश शाही, नेपाली समाज युएइका अधक्ष्य वेद प्रसाद अर्याल, नेपाल बिजनेस काउन्सिल युएइका कोषाध्यक्ष एकेन्द्र थापा, आईयमई कन्ट्रि हेड उत्तम बस्नेत, कार्यक्रम संयोजक टक गुरुङ, समाजकी उपाध्यक्ष कल्पना रिमाल, समाजका महासचिव सुरिन भुजेल, साहित्यकार भवानी नेपाल लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
युएईस्थित वर दुबईमा आयोजित कार्यक्रममा २९ जना श्रष्ठाहरुले रचना वाचन गरेको समाजका उपाध्यक्ष गणेश बस्नेतले जानकारी गराए ।
कार्यक्रममा नेपाली राजदुतावास युएइका राजदुत तेज बहादुर क्षेत्रीले रोमा लम्सालको मुक्तक संग्रह ‘अन्तिम भेट’, भोजराज घिमिरेको गजल संग्रह ‘नाद’, जिज्ञासु पौडेल तिलकको मुक्तक संग्रह ‘ज्वालामुखी’ र सुधिर थापाको आर्टटेक्चरल एण्ड कन्ट्रक्सन डाटाको लोकार्पण गरेका थिए ।
यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव २०८१ मा उत्कृष्ट २५ कविहरूभित्र पर्न सफल कवि तथा गजलकार भवानी नेपाललाई सम्मान गरिएको थियो।