लघुकथा : टालेको घर
सुरेशकुमार पाण्डे

” कति मिलेको सुन्दर पारिवार छ हजुरको ! ” किशनले प्रसंसा गरे। निर्मल केही बोलेनन् जवाफमा खिसिक्क हाँसे मात्र।किन की भित्र जेजस्तो भएपनि मुहार उज्यालो भए अरू पनि खुसिनै हुन्छन्।
” छोरा छोरी सबैको विवाह भईसक्यो ? ” किशनले थप प्रश्न गर्यो।
” हजुर । निर्मलले सटिकमा भने।
“नातिना नातीहरू कतिछन ? किशनले सोधे।उनिहरू एउटै कम्पनिमा काम गर्थे तर केही वर्ष पहिले निर्मललाई अवकास प्राप्त भइसकेको थियो। आज भेटघाटका लागि आएको मौकामा गफाखफ चल्दै थियो।धेरै वर्ष पछि किशनसँग भेट हुने मौका जुरेको थियो। किशनको डिप्टी हेडआफिसमा थियो।
” अनि हजुरका कति छन छोरा छोरी ? “निर्मलले सोध्यो।एउटा छोरी र एउटा छोरा छन्। उनिहरू पनि पढाईको सिलसिलामा अलि टाडा बसछन्।अँझै पढ्दै छन्। ” किशनले पनि आफ्नो परिवारको जानकारी गरायो।
” नजिक कालेज छैन की पढाई राम्रो हुँदैन ? ” निर्मलले सोध्यो।
” नजिक कालेज त छ तर उनिहरूले रोजेको पढाई हुँदैनथ्यो।” किशनले भने।
बिनिताले ट्रे मा चिया बिस्कुट लिएर आइन र टेबुलमा राखिन। मुहार खासै उज्यालो थिएन।जस्तो पहिले हुनगर्दथ्यो।
” भाउजुलाई सञ्चै छ ?” किशनले निर्मलतिर हेर्दै सोधे।
“ठिकै छ ।” निर्मलले सटिकमा बताए। उनि भित्र किचनमा जोड जोडले खासदै थिइन।
“घरमा अरू छैनन् ? “किशनले आर्को प्रश्न राखे।
“छन् सबै ,यतै कतै होलान् !” उनि फेरी मुसुक्क हांसे र जुरूक्क उठे।साहेद् भित्रको घाउ आंखाबाट छचल्किनै थालेको थियो।उनि बाशरूम तिर गए र तुरून्त फर्किए।
घर ठुलै थियो तर शन्तानकै बिचमा साहेद् भित्ताहरू ठडियका थिए। त्यो निर्मलले नभनेपनि किशनलाई त्यो महसूस् भयो।
” हस् अहिलेलाई बिदा चाहें ” किशनले निर्मलका आंखामा आखा मिलाएर बिदा मागे।
दाङ घोराही-१८








