हातहतियार मुद्दाका फरार एक युवाक पक्राउ

भञ्ज्याङ न्यूज

तनहुँ प्रहरीले हातहतियार मुद्दाका फरार एक युवाकलाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडका २५ वषर्ीय निनो श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गत पुस १५ गते श्रेष्ठको कोठाबाट एक थान पेस्तोल सहित लागुऔषध बरामद गरेको थियो । त्यसयता फरार रहेका उनलाई पोखरा महानगरपालिका-६ हल्लनचोबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीले निजविरुद्ध लागुऔषध तथा हातहतियार खरखजाना मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले श्रेष्ठको कोठाबाट नुफिन १३४, फेनरागन १३६, डाइजेपाम १३३, नाइट्राभेट १९२, स्पासमो ५४, सोडियन फस्फेट लगायतका लागुऔषध बरामद गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker