व्यास एकीकृत घुम्ती शिविर

तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा मंगलबार आयोजित एकीकृत घुम्ती शिविरमा सेवाग्राहीलाई राष्ट्रिय परीचयपत्र हस्तान्त्ररण गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने । शिविर शुभारम्भ गर्दै नगर प्रमुख न्यौपानेले जनताको सहजताका लागि वडामै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । नगरबासीलाई घर गाउँमै विभिन्न सरकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ एकीकृत घुम्ती शिविरलाई प्रभावकारी बनाइएको उनले बताएका छन्। शिविरमार्फत नगरपालिकाबाट प्रदान गरिने व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा, स्वास्थ्य परीक्षण, कृषि तथा पशु सेवा, महिला तथा बालबालिका सम्बन्धी परामर्श, राजस्व संकलन, राष्ट्रिय परीक्षणपत्र लगायतका सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । तस्विर : भञ्ज्याङ










