तनहुँको शुक्लागण्डकीका नगरप्रमुख पण्डितले विपन्न परिवारलाई दिए आफ्नो तलबभत्ता

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँ शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले आफ्नो पारिश्रमिक बापतको रकम विपन्न परिवारलाई प्रदान गरेका छन् । निर्वाचनको बेला नगरप्रमुखमा निर्वाचित भए आफुले प्राप्त गर्ने सेवा सुविधा नलिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नगरप्रमुख पण्डितले जनता सामु गरेको बाचा पुरा गर्दै आफुले पाएको तीन महिनाको तलबभत्ता बापतको रकम १ लाख ६० हजार रुपैयाँ विपन्न परिवारलाई सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुको चाडपर्व खल्लो नहोस् भनेर नगरभित्रका १२ वटै वडाबाट विपन्न परिवार छनौट गरी ५० घर परिवारलाई रकम सहयोग गरेको नगरप्रमुख पण्डितले बताए ।

उनले भने, ‘मैले चुनावको समयमा सेवा सुविधा वापतको रकम असाहाय तथा विपन्न परिवारलाई वितरण गर्छु भनेको थिए। अहिले सोही अनुसार विपन्न नागरिक छनोट गरी वितरण गरेको छु ।’

नगरप्रमुख पण्डितले पारिवारिक संख्या र अवस्था हेरेर २ हजारदेखि ५ हजार रुपैयाँ रकम प्रदान गरेका छन् । उनले आगामी दिनहरुमा पनि आवश्यकता हेरेर आफ्नो पारिश्रमिक वापतको रकम प्रदान गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker