आँवुखैरेनीमा सञ्चालित कृषि विकास कार्यालयका कार्यक्रमको अनुगमन

आँवुखैरेनी : कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका विभिन्न कृषि कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन तथा कार्यान्वयन अवस्थाबारे आँबुखैरेनी गाउँपालिकामा संयुक्त अनुगमन गरिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीसहितको टोली, आँबुखैरेनी गाउँपालिकाका प्रतिनिधि, कृषि शाखाका कर्मचारीहरुको सहभागितामा बहुक्षेत्रगत सहभागितामूलक अनुगमन कार्यक्रम गरिएको हो ।
अनुगमनका क्रममा कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम, जलवायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सञ्चालन भएका गतिविधिहरूको स्थलगत निरीक्षण गरिएको कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी गराए ।
कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति, उपलब्धि तथा किसानले प्राप्त गरेका लाभबारे जानकारी लिँदै सम्बन्धित कृषकहरूलाई आवश्यक प्राविधिक सुझाव तथा पृष्ठपोषण प्रदान गरिएको उनले बताए ।
अनुगमनका क्रममा प्रदेशसभा सदस्य चुमानले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत किसानको आयस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै कृषि मात्रै नभई समग्र क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको बताए । उनले सरकारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनले कृषकहरूलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी किसानहरूले सरकारी सहयोगबाट उत्पादन वृद्धि, प्रविधिको प्रयोग तथा व्यवसायिक खेतीतर्फ आकर्षण बढेको अनुभव सुनाएका थिए। संयुक्त अनुगमनले कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कनसँगै आगामी योजनाको प्रभावकारी कार्यान्वयनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker