एग्रोभेटको अनुगमन

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा रहेका बीउ जिन तथा एग्रोभेटको अनुगमन गरिदै । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्वमा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल प्रसाद लामिछाने शर्मा, कृषि अर्थ विज्ञ सुरज गैह्रे, प्रशासन अधिकृत गुरुदत्त घिमिरे, बन्दीपुर गाउँपालीका कृषि विकास शाखाको प्रा.स. दिनेश सुवर्णकार, पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु स्वास्थ्य प्राविधिक विनोद बानिया लगायतको टोलीले मंगलबार बन्दीपुर गाउँपालिकाको वडा नं. १ र ५ मा रहेका एग्रोभेटको अनुगमन गरेको थियो । तस्विर : भञ्ज्याङ










