पाखोबारीमा व्यवसायिक रुपमा खुर्सानी खेती

तनहुँको भानु नगरपालिका–११ का प्रकाश अधिकारीले करिब १०० रोपानी क्षेत्रफलको पाखोबारीमा व्यवसायिक रुपमा गरेको अकबरे खुर्सानी खेती । कृषक अधिकारीले मल्चिङ प्रविधिको प्रयोग गरी खुर्सानीका विरुवा रोपण गरेका छन् । नगरपालिकाले कृषकहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउँनका लागि विभिन्न अनुदानका कार्यक्रम अगाडि बढाउनुका साथै उत्पादित उपजलाई सहज रुपमा बजारीकरण गर्नका लागि शनिवारे कृषि हाटबजार समेत सञ्चालन गरेको छ ।
तस्विर : भञ्ज्याङ










