डुम्रे बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे स्थित डुमे बचत तथा ऋण सहकारीले १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राम कुमार पियाको सभापतित्वमा आयोजित सभाको संस्थाका ज्येष्ठ नागरिक एवं संस्थापक शेयर सदस्य अजप नारायण पियाले उद्घाटन गरेका थिए ।

सभामा संस्थाका कोषाध्यक्ष शम्शेर बहादुर गुरुङले यस आर्थिक वर्षमा शेयर पुँजी २ करोड ८७ लाख ९९ हजार ५०० रुपैयाँ पुर्‍याइ १५ करोड ८७ लाख ९५ हजार ७२५ रुपैयाँ को व्यालेन्ससिटमा ६३ लाख ६ लाख ३२८ मुनाफा गरेको जानकारी गराए ।

यस्तै, सहकारीले आगामी वर्ष १६ करोड ८२ लाख ८५ हजार ४६५ रुपैयाँ व्यालेन्ससिट पुर्‍याउने लक्ष्य लिएको कोषाध्यक्ष गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव राज कपुर पियाले चालु आर्थिक वर्षमा संस्थाको आन्तरिक ऋण नीति अनुसार मृतक चार जना सदस्यलाई आन्तरिक बिमा कोष बाट २ लाख २६ हजार ६० रुपैयाँ ऋण मिनाहा दिएको जानकारी गराएका थिए ।

कार्यक्रममा कार्यसमिति सदस्य कृष्ण पिया र कानुनी सल्लाहाकार ऋषिराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको संस्थाका कार्यालय प्रमुख अच्युत सुवेदीले जानकारी गराए ।

प्रमुख सुवेदीका अनुसार द्वन्द्वकालपछि स्थापित डुम्रे बजारको जेठो यो सहकारी संस्था मार्फत समाजको आर्थिक बिकास, आर्थिक शुशासन र सहभागीता निरन्तर प्रभावकारी गर्दै कारोवार बृद्धि गर्दै अगाडि बढेको छ । सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाल सरकारले जारी गरेको ऐन नियम पालनामा संस्था कटिबद्ध रहेको पनि उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker