पहिरो डुम्रे–बेँसीेशहर सडक अवरुद्ध

केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा आज बिहान ९ः३५ बजे पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
बाटो खुलाउनका लागि सडक विभागको स्काभेटर लमजुङबाट आउँदै गरेको र बाटो सञ्चालन हुन दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । रासस










