नेपाली कांग्रेस देउवा समुहद्वारा तनहुँमा महाधिवेशन तयारी समिति विस्तार

दमौली : नेपाली कांग्रेसको देउवा समुहले १५औं महाधिवेशन तयारीका लागि तनहुँमा समितिलाई विस्तार गरेको छ । प्राडा कृष्णप्रसाद गौतमको संयोजकत्वमा सम्पन्न भेलाले डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेललाई सहसंयोजक तथा माधव खनाललाई सचिवको जिम्मेवारी दिएको हो ।
भेलाले समितिको सदस्यमा भिमकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद घिमिरे, मथुराकृष्ण श्रेष्ठ, शेरजङ्ग गुरुङ, नरनाथ काफ्ले, राजु खड्का, रघुबहादुर केसी, रामदेव पन्थ, लक्ष्मण मल्ल, लेखनाथ तिवारी, इन्द्रबहादुर दरै, शोभा कोइराला, एनजे अली, पूर्णबहादुर थापा, अमित थापा, जयन्ती अधिकारी, रविन्द्र आले (रघु), रामबहादुर बयलकोटी, पञ्चबहादुर गुरुङ, क्या. रेशमबहादुर गुरुङ, मंगल गुरुङ, परशुराम ढुंगाना, उमा सुनार र राम विश्वकर्मालाई चयन गरेको छ ।
भेलाको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गरेका थिए । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, केन्द्रीय प्रतिनिधि मणिभद्र शर्मा, पूर्व आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले तथा महिला नेतृ यमुना खड्का विकको उपस्थिति थियो ।
भेलामा पार्टीका पुराना तथा युवा पुस्ताका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन असोज ७ र प्रदेश अधिवेशन असोज १० गते गर्ने कार्यतालिका रहेको छ ।










