कांग्रेस गण्डकीको समानुपातिक नामावली सार्वजनिक, मुख्यमन्त्रीका आकांक्षी समानुपातिक सूचीमा
भञ्ज्याङ न्यूज

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गएको छ । आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका समानुपातिकतर्फो उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ ।
कांग्रेसको समानुपातिक सूचीमा मुख्यमन्त्रीको दाबी गरिरहेका शुक्रराज शर्मा र ध्रुव वाग्लेको नाम समावेश रहेको छ । शर्माको नाम खस-आर्य समूहबाट पहिलो नम्बरमा छ । शर्मा गण्डकी कांग्रेस समितिका सभापति हुन् ।
मुख्यमन्त्रीका अर्का दाबेदार तनहुँका ध्रुव वाग्ले पनि समानुपातिक उम्मेदवार बनेका छन् । यी दुइ नेता सुरक्षित तवरले समानुपातिकबाट निर्वाचित बनेर मुख्यमन्त्री बन्न चाहन्छन ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा शर्मा कास्की क्षेत्र नम्बर ३ मा एमालेका जगत विश्वकर्मासँग हारेका थिए । वाग्लेलाई तनहुँ प्रदेश सभा निर्वाचन २ -ख) मा एमालेका किरण गुरुङले हराएका थिए ।
कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा किरणबाबु श्रेष्ठ, अशोककुमार श्रेष्ठ, कृष्णशंकर श्रेष्ठ, देवेन्द्र गुरुङ, कर्मा गुरुङ, रेखा गुरुङ, विमला गौचन थकाली, अस्मिता गुरुङ, सुनिता थापा मगर, खगिसरा गुरुङ, सीमा कर्माचार्य, शुक्रराज शर्मा, ध्रुव वाग्ले, डोलबहादुर खड्का, ओम सापकोटा, कल्पना तिवारी, हीरादेवी शर्मा, चिनु पोखरेल, रंगिला आचार्य, कमला लामिछाने, सागर परियार, भीमसेन दमाई, टीका बस्याल र तुलसा नेपाल छन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्षबाट र २४ जना समानुपातिकबाट निर्वाचित हुन्छन् ।










