राजमार्गको धुलोले व्यवसायी मारमा : दमौली बजार इकाई

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई राजमार्गको धुलोले व्यवसायी मारमा परेको बताएको छ । पृथ्वीराजमार्ग विस्तारका क्रममा उडेको धुलोले व्यवसायी मारमा परेको भन्दै इकाईले धुलो मार्नका लागि प्रयाप्त पानी हाल्न माग गरेको छ ।
इकाईका सभापति भूपालेले मंगलबार ध्यानाकर्षण प्रेस विज्ञप्ति र्सार्वजनिक गर्दै धुलोका कारण व्यवसायीको पसलमा रहेका सामान धुलाम्य भई बेच्न नसकिने अवस्थामा पुगेको बताएका छन् ।
‘जिल्लाको सदरमुकाम एवं व्यास नगरपालिकाको मुटु दमौली बजार क्षेत्र प्रदूषणले पूर्ण रूपमा चपेटामा परेको छ’, सभापति आलेले भने, ‘सम्पूर्ण जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आईरहेको र उच्च सडक दुर्घटनाको सम्भावना भएकोले सडक निर्माण कार्यसँगै प्रदूषण नियन्त्रणका लागि पर्याप्त मात्रामा सडकमा पानी हाल्ने व्यवस्था मिलाउनुहुन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँन चाहन्छौं ।’
विज्ञप्तिमा सडक विस्तार तथा पक्की सडकको दायाँ-बाँया खन्ने कार्य तीव्र रूपमा अघि बढी रहेको कारणले त्यसबाट भएको प्रत्यक्ष प्रदूषणका कारण सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई व्यापार व्यवसाय सञ्चालन गर्न र पैदल यात्रीहरूलाई हिंडडुल गर्न गाह्रो भएको उल्लेख गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker