मास खेती भित्र्याउने चटारो

तनहुँको आँवुखैरेनी गाउँपालिका–५, छिम्केश्वरी क्षेत्रको भुकुण्डी–खेउसिङ गाउँका किसान मास बाली भित्र्याउन चुट्दै । स्थानीय माटो र हावापानीमा उत्पादन हुने मास खेती यहाँका किसानको आम्दानीको स्रोत बन्दै गएको छ ।

यहाँका किसानले यस वर्ष २५० रोपनीभन्दा बढी क्षेत्रफलमा स्थानीय जातको मास खेती गरेका छन् । आफ्नै खेतबारीमा परम्परागत रूपमा खेती गर्दै आएका किसानले यतिबेला पाकेको मास टिप्ने, सुकाउने र भण्डारण गर्ने काम गरिरहेका छन् ।

स्थानीय जातको मास पकाउँदा छिटो पाक्ने, बाक्लो र लेसिलो हुने तथा स्वादिष्ट भएकाले यसको छुट्टै पहिचान रहेको छ । स्थानीय उत्पादनको स्वाद र गुणस्तरका कारण यसको बजार सम्भावनासमेत राम्रो रहेको छ ।

तस्विर : भञ्ज्याङ










