दमौलीमा कांग्रेस कार्यकर्ताद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली कांग्रेसका कार्यकर्ताहरुले दमौलीमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्लादहन गरेका छन्। दमौली स्थित पार्टी कार्यालयबाट नाराबाजी गर्दै सडकमा उत्रिएका कांग्रेसका भ्रातृ संगठनका नेता कार्यकर्ताहरुले ट्राफिक चोकमा पुगेर कोण सभा गरेका थिए ।
उनीहरुले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कदम फिर्ता गर्न माग गरेका थिए । कोण सभा पश्चात उनीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको सांकेतिक पुत्लादहन गरेका थिए । देशलाई पुरानै बाटोमा धकेल्ने प्रयास भएकाले विरोधस्वरुप कार्यक्रम गरिएको नेविसंघ तनहुँले जनाएको छ ।










