व्यास नगरपालिकाको १०८ फिट मूर्ति निर्माणका लागि सम्झौता

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाले व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणका लागि आइतबार दुइपक्षीय सम्झौता भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर/ऋषि शक्ति जेभी काठमाडौंबीच सम्झौता भएको हो । बोलपत्रपश्चात पाँच करोड ५० लाख ५५ हजार ६४० रुपैयाँ (मूल्यअभिवृद्धि करसहित)मा दुइ तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए । एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको छ ।

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा लैजानको लागि व्यास नगरपालिका कार्यालय लागिपरेको छ । उनले भने, ”काठमाडौँबाट मुक्तिनाथसम्म जाने पर्यटकहरु दमौली झरेर एक रात बस्ने गरी गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको हो ।’

शिव पाञ्चायन संरक्षण समितिले व्यास नगरपालिकालाई जिम्मेवारी दिएपछि बहुवर्षीय योजनाअनुरुप क्रमशः निर्माण गर्दै लैजाने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका कार्यालय र उक्त फर्मबीच भएको सम्झौताबमोजिम कार्यदिशाको मितिमा कार्य प्रारम्भ गरी तोकिएको समयमा सम्पन्न गर्नका लागि यो कार्यदिशा प्रदान गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

सम्झौता अनुसार पहिलो चरणमा ५ करोड ५० लाख ५५ हजार ६ सय ४० बराबरको काम हुनेछ । कुल ७१ करोड २ लाख १० हजार ८८९ रुपैया लागतमा निर्माण सम्पन्न गरिने १०८ फिट अग्लो महर्षि वेदव्यासको मुर्ति निर्माणका लागि पहिलो चरणको टेण्डर आव्हान गरिएको व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी गराए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker