तनहुँका १० वटै पालिकामा नेपाली कांग्रेसको विरोध सभा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली कांग्रेसले तनहुँका १० वटै पालिकामा शनिबार विरोध सभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको कदमको विरोधमा देशव्यापी आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले तनहुँमा विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसको विरोध सभा अन्तरगत व्यास नगरपालिकामा केन्द्रीय सदस्य गोविन्द भट्टराइ, भिमाद नगरपालिकामा केन्द्रीय सदस्य ध्रुव वाग्ले, भानु नगरपालिकामा जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कार्यावहाक जिल्ला सभापति जीतप्रकाश आलेले शुक्लागण्डकी नगरपालिकामा सम्बोधन गरेका छन् ।

यस्तै, संविधान सभा सदस्य रामचन्द्र पोखरेलले म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा जिल्ला सचिव लक्ष्मी आचार्य, बन्दीपुर गाउँपालिकामा महासमिति सदस्य रामचन्द्र अधिकारी, घिरिङ गाउँपालिकामा क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, ऋषिङ गाउँपालिकामा संविधान सभा सदस्य झुलबहादुर आले र देवघाट गाउँपालिकामा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले सम्बोधन गरेका छन् ।

यस्तै, व्यास नगरपालिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले कांग्रेस कहिल्यै पनि निर्वाचनबाट नभाग्ने समेत प्रष्ट पारेका छन् ।

नेपाली कांग्रेस व्यास नगर समितिले शनिबार दमौलीमा प्रदर्शन गरेको विरोध र्‍यालीका सहभागिहरु ।

‘संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेकाले अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य हुन्छ’, उनले भने, ‘न्यायिक सर्वोच्चता कायम गरेर अगाडि बढ्न कांग्रेस सदैव तयार छ। मुद्दाको टुङ्गो नलागेकाले कांग्रेसको धारणा यही हो भनेर भन्ने अवस्था छैन । ‘नेता भट्टराइले संसद पुनःस्थापना पनि नहुने र निर्वाचन पनि नहुने हो भने मुलुकमा संवैधानिक संकट उत्पन्न हुने भन्दै संविधान मिचिएकाले पुनःस्थापना र निर्वाचनले मात्रै त्यसलाई सही मार्गमा ल्याउन सक्ने बताएका छन् ।

त्यस्तै, नेता भट्टराइले कम्युनिष्ट पार्टीका नेताहरुको पदको लोभका कारण अहिलेको स्थिति सिर्जना भएको दाबी गरेका छन् । उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री, झलनाथ खनाललाई राष्ट्रपति बन्ने लोभका कारण उहाँहरुले आफ्नै सरकार ढलाउने खेल खेल्नुभयो, जसकारण आजको स्थिति पैदा भएको हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker