तरकारी संकलन तथा बिक्री केन्द्र निर्माण
तनहुँको बन्दिपुर गाउँपालिका-१ नाहालामा तरकारी संकलन तथा बिक्री केन्द्र निर्माणका लागि स्थानीय हरियाली कृषक समूहमा आवद्ध कृषकहरु श्रम दान गर्दै । कृषि ज्ञान केन्द्र तनहुँको पहलमा प्रदेश सरकारको तर्फाट प्राप्त १० लाख रुपैयाँबाट उक्त भवन निर्माण शुरु गरिएको गाउँपालिकाले पनि लागत सहभागितामा बजेट विनियोजन गरेको वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी गराएका छन् । तस्विर : भञ्ज्याङ न्यूज










