फाेटाे फिचर
-
२१ मंसिर २०८०, बिहीबार ११:५४पिप्लेमा पक्कि पुल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहाला स्थित पिप्लेमा पक्कि पुल निर्माण गरिदै । राजमार्ग विस्तार आयोजना अन्तर्गत निर्माणपक्षले पूर्वीखण्डमा पुल, कल्भर्ट निर्माण तथा एकतर्फी सडक कालोपत्र गर्ने कार्यलाई तीब्रता दिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ मंसिर २०८०, बिहीबार ११:२४तानमा अल्लोको कपडा बुन्दै
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ फुरुम्बो गाउँमा अल्लोको कपडा बुन्दै उद्यमी महिला । तस्बिर : दिलकुमार लिम्बू/रासस
पुरा पढ्नुहोस -
२० मंसिर २०८०, बुधबार ११:३३पाहुनालाई स्वागत
तनहुँको ऋषिङ गाउँपालिका-३ दुवुङ गाउँमा पुगेका पाहुनालाई साँस्कृतिक कार्यक्रम गरी स्वागत गर्दै स्थानीय । गाउँपालिका तथा विभिन्न सामाजिक संघ संस्थाहरुले यस गाउँलाई ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० मंसिर २०८०, बुधबार ११:२०महिला स्वास्थ्य स्वयंसेवीकाहरु
२०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागि नगरपालिका भित्रका स्वयंसेवीकाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ मंसिर २०८०, मंगलवार ११:१८अस्थायी टहरामा पढ्दै विद्यार्थी
भूकम्पका कारण विद्यालय भत्किएपछि जाजरकोटको नलगाड नगरपालिका-२ स्थित कालिका प्राथमिक विद्यालय डाँडाका विद्यार्थीहरु अस्थायी टहरामा पढ्दै । तस्बिर : हेमन्त केसी/रासस
पुरा पढ्नुहोस -
१८ मंसिर २०८०, सोमबार ११:३६अपाङ्गता दिवसमा र्याली
अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार तनहुँको दमौलीमा सामाजिक विकास कार्यालय, तनहुँ र व्यास नगरपालिकाको संयुक्त आयोजना तथा अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको समन्वयमा निकालिएको र्यालीका सहभागिहरु । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’…
पुरा पढ्नुहोस -
१७ मंसिर २०८०, आईतवार ११:०९कहिले बन्छ पुल
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ र भिमाद नगरपालिका-८ भावर स्थित निर्माणाधिन सेती दोभान पुल । पक्की पुल निर्माण कार्य सुरु गरेको करिब नौ वर्ष बित्न आँटेपनि हालसम्म पुल निर्माणकार्य सम्पन्न हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ मंसिर २०८०, आईतवार १०:५९अरिङगाल पालन
गोरखाको सहिद लखन गाउँपालिका-६, घैरुङस्थित एक स्थानीयको घरमा पालिएको अरिङ्गालको गोला । तस्बिर : दीपक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
१५ मंसिर २०८०, शुक्रबार ११:१०सहकारीको सामुहिक आलुखेती
तनहुँको व्यास नगरपालिका-९ गजौडे स्थित सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाका सदस्यहरु सामुहिक रुपमा आलुको विऊ रोप्दै। सहकारीले बुधबार र विहीबार गरी ६५० किलो आलुको विऊ रोपण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस