फाेटाे फिचर
-
२४ भाद्र २०८०, आईतवार ११:४८गोवंशको रक्षा, स्वधर्मको सुरक्षा
गोवंश रक्षार्थ विशाल धार्मिक सभा आयोजक मूल समितिले शनिबार देवघाट आयोजना गरेको गोवंश रक्षा अभियान-२०८० विशाल धार्मिक र्यालीका सहभागिहरु । ओमकार परिवार (वैद्धिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपूजक) एक होऔं । संविधानको पालना गराऔं । गोवंश हत्याको विरोध गरौं भन्ने नाराका साथ नारायणी किनारमा…
पुरा पढ्नुहोस -
२२ भाद्र २०८०, शुक्रबार ११:५३बन्दिपुरको चिनो
पहाडकी रानी तनहुँको बन्दिपुर घुम्न आएका वाह्य पर्यटक नेपालमै उत्पादित कपडा बन्दिपुरको चिनोको रुपमा खरिद गर्दै । बन्दिपुरमा वर्खा लागेसंगै पर्यटकको आवगमन न्यून रहदा पर्यटन व्यवसाय सुस्ताएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ भाद्र २०८०, बिहीबार ११:११रोपाई जात्रा
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा तनहुँको दमौलीमा तनहुँसुर भिमसेन धर्म गुठीले बुधबार साँझ दमौलीको सफासडकमा प्रदर्शन गरेको रोपाईजात्रामा राजा, रानी तथा विभिन्न भूमिकामा सजिएर सहभागि भएका नेवार समुदायहरु। श्रीकृष्णजन्माष्टी पर्वका अवसरमा तनहुँका १० वटै पालिकामा नेवार समुदायले आ-आफ्नो परम्परा अनुसार रोपाईजात्रा, लाखेनाच लगायतका कार्यक्रम गरेका थिए…
पुरा पढ्नुहोस -
२१ भाद्र २०८०, बिहीबार ११:०२डुम्रेमा गाईजात्रा
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे जबारमा श्रीकृष्ण जन्माष्टामी पर्वका अवसरमा बुधबार निकालिएको गाईजात्रामा सहभागिहरु । लोपोन्मुख धर्म संस्कृतिको संरक्षण एवं सम्बर्द्धनका लागि डुम्रे साँस्कृतिक एवं सामाजिक संरक्षक समिति, तनहुँ उद्योग बाणिज्य संघ डुम्रे बजार इकाई, हरिहर महिला समुह, शिवालय आमा समुह र डुम्रे साँस्कृतिक युवा क्लवले…
पुरा पढ्नुहोस -
२० भाद्र २०८०, बुधबार १३:०३डुम्रे बजारमा घर भत्काइदै
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा घर भत्काइदै । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य अर्न्तर्गत डुम्रे बजार क्षेत्रमा सडक सिमाभित्र रहेका घर तथा अन्य भौतिक पूर्वाधारहरु हटाउन थालिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० भाद्र २०८०, बुधबार १२:२७पर्यटकको पर्खाइमा बन्दिपुर
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर मंगलबार सुनसान अवस्थामा । झरी र राजमार्ग विस्तारका कारण अहिले बन्दिपुरमा केही संख्यामा वाह्य पर्यटक आएपनि आन्तरिक पर्यटक आउन नसकेको पर्यटन व्यवसायीहरुले बताउने गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ भाद्र २०८०, मंगलवार ११:३३रन लिने दौड
एसिया कप २०२३ अन्तर्गत श्रीलंकाको क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको नेपाल र भारतबीचको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी रन विचिङ द विकेटमा भारतका विराट कोहली । तस्विर : एएफपी/रासस
पुरा पढ्नुहोस -
१८ भाद्र २०८०, सोमबार ११:३०पाहुनालाई नृत्य प्रस्तुत गर्दै
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतका महिलाहरु नृत्य प्रस्तुत गर्दै । गाउँमा आउने पाहुनाहरुलाई यहाँका महिलाहरुले मौलिक नाच देखाएर स्वागत गर्ने गर्छन् । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
१८ भाद्र २०८०, सोमबार ११:२७फेवाताल
कास्कीको पर्यटकीय सहर पोखरामा आइतबार देखिएको फेवातालको दृश्य । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस