फाेटाे फिचर
-
४ भाद्र २०८०, सोमबार ११:३५हिलाम्य राजमार्ग
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ बरचौरमा हिलाम्य सडक । मुग्लिन पोखरा सडक विस्तारका कारण यो खण्ड पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
३ भाद्र २०८०, आईतवार ११:२८तनहुँ ऋषिङका कृषक कोदो रोप्दै (फोटोफिचर)
तनहुँको ऋषिङ गाउँपालिका-८ माझकोटका कृषकहरु पर्म लगाएर कोदोको विऊ रोप्दै । मकै खेती थनकाएपछि पाखो बारीमा कृषकहरुले कोदो खेती गर्ने गर्छन । पछिल्लो समय कोदोको माग र उपयोग बढ्दै गएपनि गाउँघरमा युवाजनशक्ति अभाव हुँदा कोदो खेतीको क्षेत्रफल घट्दै गएको छ । तस्विर : अन्जना थापा/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३२ श्रावण २०८०, बिहीबार १२:३५हाउस अफ फेसनको फाइनलका झलकहरु (फोटोफिचर)
हाउस अफ फेसनले बुधबार राति काठमाडौँमा आयोजना गरेको एन भग-९ को फाइनलका केही झलकहरु । तस्बिर : किरण राज विष्ट/रासस
पुरा पढ्नुहोस -
३१ श्रावण २०८०, बुधबार १२:०५ट्होटें पर्वमा साँस्कृतिक झाँकी
तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेँका अवसरमा तमुधिँ नेपालले मंगलबार पोखरामा आयोजना गरेको र्यालीमा बाजागाजा सहित जातीय पोशाक तथा विभिन्न मुखाकृतिमा सजिएर झाँकीका सहभागीकाहरु । तस्बिर : कृष्ण दवाडी/रासस
पुरा पढ्नुहोस -
३० श्रावण २०८०, मंगलवार ११:१३स्थानीय उत्पादनको व्यापार
बोलबम मेलाका अवसरमा तनहुँको देवघाटमा स्थानीय उत्पादनको खरिद बिक्री गरिदै । स्थानीय व्यापारीहरूले देवघाटमै उत्पादित केरा, आँप, भुइँकटहर, नस्पाती, बेलौती, अमिलो, कागती, सालको पात, तामा लगायतका वस्तु बिक्री वितरणका लागि राखेका थिए । तस्विर सौजन्य : प्रतिमा खत्री/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ श्रावण २०८०, सोमबार ११:३२बिक्रीका लागि हातमा केरा
तनहुँको दमौलीमा बिक्रीका लागि हातमा केरा लिएर हिड्दै एक व्यापारी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ श्रावण २०८०, सोमबार ११:१५झरीले रुझेको दमौली
आइतबार दिउँसो परेको झरीमा छाता ओढेर गन्तव्य तर्फ जाँदै युवतीहरु । शनिबारदेखि परेको अविरल झरीका कारण जनजीवन प्रभावित बनेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ श्रावण २०८०, आईतवार १२:०१कोदोको विऊ रोप्दै
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङका कृषक बारीमा कोदोको विऊ रोप्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ श्रावण २०८०, आईतवार ११:३९आँवुखैरेनी-मुग्लिन सडक खण्ड एकतर्फी
अविरल वर्षाका कारण शनिबार साँझ करिब ६:३० बजेको समयमा आँवुखैरेनी-४ ऐना पहरा स्थित पृथ्बीराजमार्ग सडक खण्ड माथिबाट पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग । ठूल्ठूला ढुंगासहित झरेको पहिरो इलाका प्रहरी कार्यालय आबुँखैरेनी तनहुँबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली, आँवुखैरेनी गाउँपालिका र सडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा…
पुरा पढ्नुहोस