फाेटाे फिचर
-
१७ चैत्र २०७९, शुक्रबार ११:२७घरघरमा स्वास्थ्य परीक्षण
तनहुँको ऋषिङ गाउँपालिका-१ को तल्लो सेठाङ, राम्चे, नाम्टाहा, माथिल्लो सेठाङ र चिमन्तु भञ्ज्याङमा घरधुरी सर्भेक्षण तथा ५ बर्ष मुनिका बालबालिकाको पूर्ण खोप सुनिश्चित, हात्तिपाइले रोग खोजपडताल र कोभिड खोप सर्भेक्षण गर्दै स्वास्थ्कर्मी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ चैत्र २०७९, शुक्रबार ११:१४तनहुँसुर चैते दशै मेला
चैते दशै पर्वका अवसरमा व्यास नगरपालिका-१० तनहुँसुर दरबार परिसरमा तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेले संयुक्त रुपमा आयोजना गरिएको तनहुँसुर चैते दशै मेलामा साँस्कृतिक नृत्य प्रस्तुत गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ चैत्र २०७९, बिहीबार ११:३५विद्यालयको सरसफाई र रङरोगन
तनहुँको आँवुखैरेनी गाउँपालिका-६ हिलेखर्क स्थित कन्यादेवी माध्यमिक विद्यालयको कक्ष ९ मा अध्ययनरत विद्यार्थी र शिक्षकहरु बुधबार विद्यालयको डेक्स बेन्चमा रङरोगन गर्दै । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि सरसफाई, रङरोगन लगायतका आकर्षक योजनाहरु अगाडि ल्याएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ चैत्र २०७९, बिहीबार ११:२१बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड
चैते दशैँका अवसरमा बागलुङ कालिका मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । तस्बिर : खेमराज गौतम/रासस
पुरा पढ्नुहोस -
१६ चैत्र २०७९, बिहीबार ११:१७तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको भीड
चैतेदसैं पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिरमा दर्शनका लागि बुधबार बिहान भक्तजनको भीड । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ चैत्र २०७९, बुधबार १२:३६सामुहिक रुपमा चैतेधान खेती
तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित हरियाली कृषक समुहमा आवद्ध सदस्यहरु सामुहिक रुपमा चैतेधान रोप्दै । समुहले ८० रोपनी क्षेत्रफलमा चैते धानको विऊ रोपेको । जमिन चक्लाबन्दी गरी कृषकहरु सामुहमा आवध भई व्यवसायिक रुपमा खेती गर्न थालेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ चैत्र २०७९, मंगलवार ११:३२बन्दिपुरमा वाह्य पर्यटक
पर्यटकीय नगरी तनहुँको बन्दिपुर घुम्न आएका वाह्य पर्यटकहरु सामुहिक तस्विर खिचाउँदै । पछिल्ला दिन बन्दिपुरमा वाह्य पर्यटकको आगमन बढेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ चैत्र २०७९, मंगलवार ११:२०पोखरामा बढे पर्यटक
पोखराको फेवाताल छेउमा आइतबार देखिएको आन्तरिक पर्यटकको चहलपहल । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
१४ चैत्र २०७९, मंगलवार ११:१८अनुदानमा मौरी घार
तनहुँको व्यास नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मौरी घार वितरणको तयारी गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस