फाेटाे फिचर
-
२६ फाल्गुन २०७९, शुक्रबार ११:१९माटो परीक्षण
तनहुँको म्याग्दे गाउँपालिका-३ बेल्टारमा बिहीबार आयोजित माटो परीक्षण शिविरमा किसानलेे ल्याएका माटो परीक्षण गरिँदै । गाउँपालिकाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा माटो परीक्षण गरिएको हो । तस्बिर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ फाल्गुन २०७९, बिहीबार ११:१८महोत्सवमा भलिबल प्रतियोगिता
तनहुँको खैरेनीटारमा जारी शुक्लागण्डकी महोत्सव-२०७९ स्थलमा बुधबारदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा प्रथमलाई १ लाख ५० हजार, द्धितीयलाई १ लाख, तृतीयलाई २५ हजार रुपैयाँ नगद र सान्त्वना हुने समुहले १५ हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ ।…
पुरा पढ्नुहोस -
२५ फाल्गुन २०७९, बिहीबार ११:१२वृद्धालाई हर्लिक्स र पछ्यौरी
११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा तनहुँको बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ वृद्धाहरुलाई हर्लिक्स र पछ्यौरी वितरण गर्दै । गाउँपालिकाले ६ वटै वडाका वृद्धाहरुलाई दिवसका अवसरमा हर्लिक्स र पछ्यौरी वितरण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ फाल्गुन २०७९, बुधबार ११:३६चैते धान रोपाईको तयारी
तनहुँको म्याग्दे गाउँपालिका-४ बहिफाँटमा चैते धान रोपाइका लागि तयारी गर्दै । यस फाँटमा कृषकहरुले चैते र वर्खे धान खेती गर्ने गर्छन । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ फाल्गुन २०७९, बुधबार ११:२८महोत्सवमा कपडा खरिद बिक्री
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले “आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला, सिप र सस्कृतिको संरक्षण’ भन्ने नाराका साथ तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा सञ्चालन गरेको शुक्लागण्डी महोत्सव-२०७९ स्थलमा मंगलबार कपडा खरिद बिक्री गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०७९, मंगलवार ११:५३अनाथ बालबालिकासँग होली
तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने व्यास नगर समता विद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई रंग लगाएर फागुपूर्णिमा/होली पर्व मनाउँदै । वडा नं. ७ मा नगरपालिकाले सञ्चालनमा ल्याएको उक्त विद्यालयमा ४४ जना अनाथ बालबालिकासंग व्यासका जनप्रतिनिधिहरुले फागुपूर्णिमा पर्व मनाएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०७९, मंगलवार ११:४३चैते धान रोपाई
चितवनको बनकट्टा गाउँमा चैते धान रोप्दै रोपारहरु । तस्बिर : विष्णु कल्पित/रासस
पुरा पढ्नुहोस -
२२ फाल्गुन २०७९, सोमबार १९:१७तनहुँमा फागुपूर्णिमा/होली पर्व (फोटोफिचर)
रंगको पर्व फागुपूर्णिमा/होली तनहुँमा पनि धुमधामका साथ मनाइएको छ । तनहुँका १० वटै पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा विविध कार्यक्रमका साथ बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकहरु समेतले उत्साहपूर्वक फागुपूर्णिमा पर्व मनाएका छन् । दमौलीमा विभिन्न संघ संस्थाहरुले होली विशेष कार्यक्रम गरी फागुपूर्णिमा पर्व मनाएका छन्…
पुरा पढ्नुहोस -
२२ फाल्गुन २०७९, सोमबार ११:३४सामुदायिक कुकुरको बन्ध्याकरण
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिदै । रेबिज रोग न्यूनीकरण गर्ने उद्देश्यका साथ सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए। तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस