महोत्सवमा भलिबल प्रतियोगिता

तनहुँको खैरेनीटारमा जारी शुक्लागण्डकी महोत्सव-२०७९ स्थलमा बुधबारदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा प्रथमलाई १ लाख ५० हजार, द्धितीयलाई १ लाख, तृतीयलाई २५ हजार रुपैयाँ नगद र सान्त्वना हुने समुहले १५ हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ । यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार साथै बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट डिफेन्डर, बेष्ट ब्लकर, बेष्ट सर्भर र बेष्ट कोचलाई नगद २ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

तस्विर : भञ्ज्याङ










