फाेटाे फिचर
-
२६ पुष २०७९, मंगलवार ११:५४घरघरमै सेवा
तनहुँको व्यास नगरपालिकाले वडा नं. १३ को पोखरिभञ्ज्यामाङ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका स्थानीय वृद्धाहरु । नगरपालिकाले कार्यालयमा आएर लिनुपर्ने सेवा नागरिकलाई सहज रुपमा आ-आफ्नै वडाबाट उपलब्ध गराउने उद्देश्यका साथ ग्रामीण क्षेत्रका वडाहरुमा एकीकृत घुम्ती सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ पुष २०७९, मंगलवार ११:४९तनहुँसुरका सुन्तला दमौलीमा
तनहुँको दमौलीमा जारी पाँचौ आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा बिक्रीका लागि राखिएको तनहुँसुरमा उत्पादित सुन्तला । तनहुँसुर कृषि फर्ममा उत्पादित सुन्तला महोत्सव स्थलमा प्रतिकिलो १३० रुपैयाँमा बिक्री वितरण गरिएको छ । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ पुष २०७९, मंगलवार ११:४७रायोको साग
तनहुँको दमौली बजारमा रायोको साग बिक्री वितरण गर्दै व्यापारी महिलाहरु । बन्दिपुरको याम्पामा उत्पादित साग तथा अन्य तरकारी खरिद गरी व्यापारीहरुले दमौली बजारमा बिक्री गर्दै आएका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ पुष २०७९, सोमबार ११:४५बुल्दी खोलामा पुल निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली स्थित बुल्दी खोलामा मक्कि मोटरेवल पुल निर्माण गरिदै । राजमार्ग विस्तार आयोजना अन्तर्गत अहिले निर्माण पक्षले सडक चौडा गर्ने, पुल, कल्भर्ट निर्माण तथा टेवा पर्खाल निर्माण कार्यलाई तीब्रता दिएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ पुष २०७९, सोमबार ११:३६जलविद्युत् आयोजनाको बाँधस्थल
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ पुष २०७९, सोमबार ११:३४भुमिहीनलाई निस्सा वितरण
तनहुँको व्यास नगरपालिका-७ का भुमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ पुष २०७९, आईतवार ११:३४स्वास्थ्य परीक्षण
तनहुँको व्यास नगरपालिकाले वडा नं. ११ मा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ पुष २०७९, शुक्रबार १८:३८दमौलीमा पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु (तस्विर सहित)
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा पाँचौं आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सञ्चालन गरेको छ । महोत्सवको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरुले आ-आफ्नो जातिय पहिचान झल्कने भेषभूषामा सजिएर दमौलीमा साँस्कृतिक झाँकी प्रदर्शन…
पुरा पढ्नुहोस -
२२ पुष २०७९, शुक्रबार १२:१५सेलरोटीको व्यापार
तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरवाराही मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी सेलरोटी पकाउँदै स्थानीय एक महिला । स्थानीय महिलाहरु सेलरोटी, तरकारी लगायतका खानाका परिकार बनाएर मन्दिरमा आउने भक्तजनहरुलाई बिक्री वितरण गरी आर्थिक उपार्जनमा जोडिएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस