फाेटाे फिचर
-
९ मंसिर २०७९, शुक्रबार ११:२१कास्की-२ बाट भट्टराइ विजयी
नेकपा (एमाले) कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएकी विद्या भट्टराइ बिहीबार पोखरा-१७ मा मतदाता एवं शुभचिन्तकबीच खुशी साट्दै । तस्बिर : जमुनावर्षा शर्मा/रासस
पुरा पढ्नुहोस -
९ मंसिर २०७९, शुक्रबार ११:१९नवनिर्वाचित प्रदेश सांसद महतलाई बधाई
तनहुँ २ प्रदेशसभा १ का नवनिर्वाचित प्रदेशसभा सदस्य श्यामराजा महतलाई तनहुँको शुक्लागण्डकी-२ एक्लेखेतमा स्थानीयद्वारा फूलमालाले बधाई दिँदै मतदाताहरु । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ मंसिर २०७९, बिहीबार ११:३२बालबालिकाको तौल मापन
तनहुँको ऋषिङ गाउँपालिका-३ स्थित ग्वास्लुङ्ग स्वास्थ्य चौकीमा दुइ वर्ष मुनिका बालबालिकाहरुको वृद्धि अनुगमन तथा तौल मापन गरिदै । स्वास्थ्य चौकीमा स्थानीय आमा समुहको मासिक बैठक बसि पुरुषहरुको परिवार नियोजनको स्थायी बन्ध्याकरण भ्यासेक्टोमीको बारेमा छलफल समेत गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ मंसिर २०७९, बिहीबार ११:१४हरियो मकैको व्यापार
तनहुँको दमौली स्थित प्रशासन चोकमा हरियो मकै पोलेर बिक्री वितरण गर्दै महिलाहरु । तनहुँमै उत्पादन गरिएको मकै पोलेर प्रति घोघा ४० रुपैयाँमा खरिद बिक्री गर्ने गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०७९, बुधबार ११:१४रसिला सुन्तला
तनहुँको व्यास नगरपालिका-१३ बेनिकोटमा उत्पादित सुन्तला बिक्रीका लागि पठाउने तयारी गरिदै । यहाँका कृषकद्वारा उत्पादित सुन्तला व्यापारीहरुले खरिद गरी काठमाडौं लगायत ठूला बजार क्षेत्रमा बिक्री वितरण गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०७९, बुधबार ११:१२हुर्कदै ड्रागन फ्रुट
बागलुङ नगरपालिका-१, रामरेखाका बिमलेश आचार्यले गर्नुभएको व्यावसायिक ड्रागन फ्रुट खेती । उहाँले सात रोपनी क्षेत्रफलमा गर्नुभएको ड्रागन फ्रुट खेती हुर्कदो क्रममा छ । तस्बिर : खेमराज गौतम/रासस
पुरा पढ्नुहोस -
७ मंसिर २०७९, बुधबार ११:१०देवघाटमा सतबीज छर्दै
हिन्दु धर्मावलम्बीहरुको पवीत्र तीर्थस्थल देवघाटधाममा सतबीज बाला चर्तुदशी पर्वको अवसरमा सतबीज छर्दै भक्तजनहरु। तनहुँ, नवलपुर र चितवनमा पर्ने देवघाटमा बाला चतुर्दशीमा सतबीज र्छन देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । तस्बिर : टेकराज पोखरेल/रासस
पुरा पढ्नुहोस -
६ मंसिर २०७९, मंगलवार ११:३२मतगणना गर्दै
तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फको मतगणना गर्दै गणकहरु । तस्विर : नारायण/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ मंसिर २०७९, शुक्रबार ११:४७निर्वाचन केन्द्र जाँदै गरेका कर्मचारी (फोटोफिचर)
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँबाट बिहीबार मतदान सामग्री बोकेर सम्बन्धित मतदान केन्द्रतर्फ जाँदै गरेका कर्मचारी । तनहुँका दुइ वटै निर्वाचन क्षेत्रमा कर्मचारी मतदान सामग्री बुझेर मतदान केन्द्रतर्फ पुगेका छन् । तस्बिर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस