फाेटाे फिचर
-
२ जेष्ठ २०७९, सोमबार ११:३९नयाँ किताब
नयाँ शैक्षिक सत्र २०७९ सुरु भएसंगै दमौलीको अनशन प्रशासन चोकमा रहेको एक पुस्तक पसलमा बालबालिकालाई नयाँ किताब किन्दै अभिभावक । यस वर्षस्थानीय निर्वाचनका कारण नयाँ शैक्षिक सत्र र भर्ना अभियान ओझेलमा परेको छ। तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ जेष्ठ २०७९, आईतवार १०:५७मत परिणामको पर्खाइमा
शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा तनहुँको म्याग्दे गाउँपालिकाको मतगणना स्थल मिन माध्यमिक विद्यालय थर्पुको गेट बाहिर उत्साहजनक मत परिणामको पर्खाइमा बसेका राजनीतिक दलका नेता तथा कार्यकता । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ बैशाख २०७९, बिहीबार ११:१२सर्वदलीय बैठक
स्थानीय तह निर्वाचनका लागि तनहुँको भानु नगरपालिका-२ नारेश्वरटार स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृतले आयोजना गरेको सर्वदलीय बैठकका सहभागिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ बैशाख २०७९, बुधबार ११:३६मकै खेती
तनहुँको म्याग्दे गाउँपालिका-६ बेलौतेका कृषकहरु बारीमा मकै गोड्दै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ बैशाख २०७९, मंगलवार ११:४१बन्दिपुरका उम्मेदवार डुम्रेको घरदैलोमा
तनहुँको बन्दिपुर गाउँपालिकामा एमाले र जोशी समुहबाट अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु डुम्रे बजारका बासिन्दाको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्दै । तस्विर : शर्मिला विक/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ बैशाख २०७९, मंगलवार ११:२२चुनावी आमसभा
तनहुँको भिमादमा नेकपा एमाले भिमाद नगर कमिटीले आयोजना गरेको चुनावी आमसभामा सहभागि भएका अतिथिहरु। भिमादमा एमालेका तर्फबाट मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरु प्रचारप्रसार, घरदैलो अभियानसंगै चुनावी सभा लगायतका गतिविधि गरी आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ बैशाख २०७९, सोमबार ११:४७मतदाताको आशिर्वाद
तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरे वडा नं. ६ बेलौतेका मतदातासंग आशिर्वाद थाप्दै । आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले समृद्ध र सवल म्याग्दे गाउँपालिका बनाउने हाम्रो प्रतिवद्धता जनाएकाछन् । एमालेका उम्मेदवारहरुले गाउँपालिकाको शिक्षा, स्वास्थ्य तथा सरसफाई,…
पुरा पढ्नुहोस -
२५ बैशाख २०७९, आईतवार ११:२४चुनाव प्रचार प्रसार
तनहुँको बन्दिपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुको पक्षमा मत माग्दै प्रचारप्रसार तथा घरदैलो अभियानमा हिडेका माओवादी केन्द्रका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ बैशाख २०७९, शुक्रबार ११:१९घरदैलोमा मतदाता शिक्षा
तनहुँको व्यास नगरपालिका-५ मा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन घरदैलो अभियानसंगै मतदाता शिक्षामा खट्टएिका कार्यकर्ताहरु । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस