फाेटाे फिचर
-
२९ फाल्गुन २०७८, आईतवार ११:३२स्वास्थ्य परीक्षण
टिम नेपो तनहुँले व्यास-६, साझा, स्थित रत्नज्योति आधारभुत विद्यालयमा शनिबार आयोजना गरेको वृहत स्वास्थ्य एवं आँखा शिविर कार्यक्रममा स्वास्थ्य परीक्षण गर्दै स्थानीय । उक्त स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य परीक्षणका साथै १०० जनाले आँखा जाँच सेवा लिएका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०७८, शुक्रबार १२:०२खण्डहर बन्दै तनहुँसुरका घर
तनहुँको ऐतिहासिक स्थल तनहुँसुरका परम्परागत घर खण्डहर बन्दै । सुबिधाको खोजीमा यहाँका बासिन्दा शहरबजार केन्द्रित हुँदा तनहुँसुर सुनसान बन्दै गएको छ । तस्बिर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०७८, शुक्रबार ११:४१पहिरो नियन्त्रण योजना
म्याग्दीको बेनी नगरपालिका-१ कमेरे पहिरो र कालीगण्डकीको कटान नियन्त्रणका लागि ग्यावियन पर्खाल निर्माण गर्दै मजदुर । बेनी नगरपालिकाको रु दश लाख अनुदानमा उपभोक्ता समितिले ९० थान ग्यावियनमा ढुङ्गा भरेर पर्खाल बनाउन लागेका हुन् । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०७८, शुक्रबार ११:३६रोपाँइ गर्दै गौरादहका किसान
झापाको गौरादहका किसान चैते धान रोप्दै । यहाँका किसान यतिवेला धान रोप्न व्यस्त छन् । तस्बिर : यज्ञराज आङदेम्बे/रासस
पुरा पढ्नुहोस -
२६ फाल्गुन २०७८, बिहीबार ११:३१विद्यार्थीको प्रयोगात्मक कार्य
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा ११ का छात्राहरु विद्यालयको विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्यमा गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ फाल्गुन २०७८, बुधबार ११:२१तोपसंग सेल्फी
तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा रहेको तोपसंग सेल्फी लिदै आन्तरिक पर्यटक । तोपको व्यवस्थित रुपमा संरक्षण गर्न नसक्दा तोडफोड भई नासिने खतरामा पुगेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ फाल्गुन २०७८, बुधबार ११:१८पशु चौपायलाई खोप
तनहुँको व्यास नगरपालिका-५ चापाघाटका कृषकले पालेका पशु चौपाय कुकुर, गाईभैंसी, सुगुरलाई रेविज, खोरेत लगायत रोगका विरुद्ध खोप लगाइदै । तस्विर : अश्विन कुमार श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ फाल्गुन २०७८, मंगलवार १२:१२अग्नि नियन्त्रण सामाग्रि वितरण (फोटोफिचर सहित)
तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा रहेका तीनवटा सामुदायिक वन समुहलाई अग्नि नियन्त्रण सामाग्रि वितरण गर्दै डिभिजन वन अधिकृत कोमलराज काफ्ले । उर्जा तथा वातावरण नेपाल र सम्पदा नेपालको सहयोग र सहकार्यमा वन समुहलाई व्याक प्याक फाएर एक्सटिङ्गुइसर स्प्रेयर, सोटर, रेक, रेक हो, कटन जम्प सट, फुल…
पुरा पढ्नुहोस -
२४ फाल्गुन २०७८, मंगलवार ११:३८पर्यटकीय नगरी बन्दिपुर
पहाडकी रानी उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दिपुर बजार । बन्दिपुर घुम्न आउने पर्यटकलाई विभिन्न देशहरुको दुरी र दिशा जानकारी गराउने उद्देश्यले राखिएको बोर्ड । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस