फाेटाे फिचर
-
२२ फाल्गुन २०७८, आईतवार ११:५६नेतृत्व विकास तालिम
तनहुँको व्यास नगरपालिका-८ मा सञ्चालन गरिएको महिला सशक्तीकरणका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिममा सहभागिहरु सामुहिक तस्विर खिचाउँदै । तालिममा सहभागिहरुलाई नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रमाणपत्र वितरण गर्दै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ फाल्गुन २०७८, आईतवार ११:३१मिनी डुम्रे कप-२०७८
तनहुँको बन्दिपुर-१ डुम्रे साँस्कृतिक युवा परिवारको मिनी डुम्रे कप-२०७८ अन्तर्गत सेभने ए साइड फुटबल प्रतियोगिताका खेलाडीलाई बल दिएर उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । प्रतियोगितामा युवा तर्फ ४० टिम, ३० वर्ष उमेर माथिका १६ टिम सहभागि भएका छन् । तस्विर : शिव कुमार श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० फाल्गुन २०७८, शुक्रबार १०:४५गहुँबाली
जाजरकोटको बारेकोट गाउँपालिका -४ मैनागाउँमा आकाशेपानीको भरमा हरियाली भएको गहुँबाली र निर्माणाधीन अवस्थामा रहेको जुम्ला जोड्ने सडक । तस्विरः हेमन्त केसी/रासस
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०७८, बिहीबार ११:१९सेलरोटी पकाउँदै
तनहुँको व्यास नगरपालिका-३ शान्तिनगरकी एक महिला सेलरोटी पकाउँदै । यी महिलाले विवाह, वर्तबन्ध लगायतका शुभकार्यका लागि आवश्यक पर्ने सेलरोटी पकाएर बिक्री वितरण गरी राम्रो आम्दानी लिदै आएकी छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०७८, बिहीबार ११:०७कपडा बुन्दै महिला
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका-३ तमानगाउँमा तानमा बसेर ढाकाको कपडा बुन्दै स्थानीय महिला जमुना घर्ती मगर । तस्विर : खेमराज गौतम/रासस
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०७८, बिहीबार ११:०६विद्यालयबाट फर्कदै विद्यार्थी
तनहुँको बन्दिपुर स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमा पठनपाठन पछि घर फर्कदै । कोरोना भाइरस संक्रमण दर घट्दै गएको र विद्यार्थीहरु कोरोना विरुद्धको खोप लगाइएपछि अहिले नियमित रुपमा पठनपाठन सञ्चालन हुँदै आएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०७८, बुधबार १२:००महाशिवरात्री पर्व
तनहुँको दमौली स्थित शिवपाञ्चायन मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा मंगलबाल दिउँसो महादेवको पूजाअर्चना तथा शिवलिंगमा दुध चडाउन लाम्बद्धा भएका भक्तजनहरु । शिवरात्रीका दिन यस मन्दिरमा रातभर जाग्राम बसी भक्तजनहरुले बत्ती बाल्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०७८, बुधबार ११:५३आँवुखैरेनीको प्रथम अध्यक्ष कप
तनहुँको आँवुखैरेनी गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको ‘आँवुखैरेनी गाउँपालिकाको प्रथम अध्यक्ष कप-२०७८’ प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा । फागुन २८ गतेसम्म सञ्चालन हुने खुलकुद प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र डोरी तान्ने खेल प्रतियोगिता हुने बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ फाल्गुन २०७८, मंगलवार १०:३३रुख काट्दै
पृथ्वीराजमार्ग बिस्तार कार्यक्रम अन्तर्गत जामुने-आँवुखैरेनी खण्डको व्यास-१२ क्षेत्रमा सडक सिमाभित्रका रुखहरु कटान गरिदै । यस खण्डमा रुख कटान कार्यलाई तीब्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस