फाेटाे फिचर
-
२७ पुष २०७८, मंगलवार ११:३१कोरोनाविरुद्धको खोप
तनहुँको व्यास नगरपालिकाको सभाहलमा कोरोनाविरुद्धको खोप लगाउन पालो कुर्दै सर्वसाधारण । नगरपालिकाले पुस २९ गतेसम्म २० हजार नागरिकलाई कोरोनाविरुद्धको दोस्रो मात्रको खोप लगाउँदैछ । तस्बिर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ पुष २०७८, मंगलवार ११:०८सडक पेटीको व्यापार
तनहुँको व्यास नगरपालिका-३ स्थित पराशरचोकमा तरकारी खरिद बिक्री गरिदै । नगरपालिकाले स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज बिक्री वितरणका लागि स्थान तोकेपनि व्यापारीहरुले सडकपेटी नै रोज्ने गरेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ पुष २०७८, सोमबार ११:४६उखु काट्दै किसान
कञ्चनपुरको पुर्नबास नगरपालिका-२ अरनि बस्तीका किसान उखु काट्दै । गाउँमै दुइ वटा चिनी उद्योग सञ्चालनमा आएपछि पुर्नबास र बेलौरी नगरपालिकाका साथै लालझाँडी र बेल्डाँडी गाउँपालिकाका किसान उखुखेतीतर्फ आक्रर्षित भएका छन् । तस्बिर : शेरबहादुर सिंह/रासस
पुरा पढ्नुहोस -
२६ पुष २०७८, सोमबार ११:३०कोरोना विरुद्धको खोप
तनहुँको व्यास नगरपालिका-५ स्थित पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा आइतबार कोरोना विरुद्धको खोप लगाउन सर्वसाधारणको भीड। व्यास नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामार्फत् भेरोसेल र एष्ट्राजेनिकाको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । तस्बिर : रासस
पुरा पढ्नुहोस -
२५ पुष २०७८, आईतवार ११:२७पर्यटकीय गाउँ टुटेपानीको घरघरमा लिफ्ट प्रविधिबाट खानेपानी
गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा परिचित भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी गाउँमा लिफ्ट प्रविधिबाट खानेपानी वितरण थालिएको छ । ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको टुटेपानी गाउँका घरघरमा खानेपानीका धारा वितरण गरिएको छ । गाउँबाट करिब ९० मिटर तलबाट लिफ्टबाट गाउँमा खानेपानी ल्याइएको छ…
पुरा पढ्नुहोस -
२३ पुष २०७८, शुक्रबार ११:१६निर्वाचितलाई सम्मान
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट भानु-१३ बाट वडा, नगर, प्रदेश क्षेत्र र जिल्लाका विभिन्न पदमा निर्वाचित एवं मनोनित भएकाहरुलाई सम्मान तथा शुभकामना व्यक्त गरिदै । भानु-१३ स्थित मोहोरिय खड्कागाउँ नमूना आमा समुहले निर्वाचित तथा मनोनितहरुलाई सम्मान गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ पुष २०७८, बिहीबार ११:२७विद्यार्थीको स्वागत नृत्य
तनहुँको भानु नगरपालिकाको मनोहर माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सब समारोहमा स्वागत नृत्य प्रस्तुत गर्दै छात्राहरु । नगर प्रमुख उदयराज गौलीको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव समारोहमा वार्षिक प्रतिवेदन, शैक्षिक सामग्री प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, विपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक बितरण, अक्षय कोष स्थापनाकर्ता तथा अन्य दातालाई सम्मान…
पुरा पढ्नुहोस -
२१ पुष २०७८, बुधबार ११:१६सिमकोट बजार
मौसममा सुधार आएसँगै मंगलबार विहान देखिएको हुम्ला सदरमुकामको सिमकोट बजार । तस्विर : दाने बोहरा/रासस
पुरा पढ्नुहोस -
२१ पुष २०७८, बुधबार ११:१५व्युटिसियन तालिमका
तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा कालीगण्डकी बहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको व्युटिसियन तालिमका सहभागीहरु तालिम समापन पश्चात प्रमाणपत्रको साथमा । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा महिलालाई आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस