फाेटाे फिचर
-
२४ श्रावण २०७८, आईतवार ११:२४रक्तदातालाई प्रमाणपत्र
२७औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले शनिबार दमौलीमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भएका रक्तदातालाई प्रमाणपत्र हस्तान्तरण गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । उक्त अवसरमा २६ जनाले रक्तदान गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ श्रावण २०७८, आईतवार ११:१४दुइ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर प्रदान
हंककङ नेपाली महासंघ र सोअर्स एक्सन हंककङको संयुक्त प्रयासमा तनहुँका दुइ स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको छ । दमौली अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र भिमादलाई १०/१० लिटरको एक/एक थान कन्सनट्रेटर प्रदान गरिएको हो । तनहुँ समाज हंककङको पहलमा उक्त संस्थालाई कन्सनट्रेटर प्रदान गरिएको समाजका…
पुरा पढ्नुहोस -
२२ श्रावण २०७८, शुक्रबार २०:१९दमौलीमा घण्टाकर्ण
साउन कृष्णपक्ष अर्थात चतुर्थी तिथिका अवसरमा तनहुँसुर नेवाः खलले दमौलीमा शुक्रबार साँझ निकालेको घण्टाकर्ण । काठमाडौं उपत्यकामा यस पर्वलाई ‘गठेमङ्गल’ भन्ने गर्दछन् । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ श्रावण २०७८, शुक्रबार ११:२७प्रहरीको सचेतना मुलक अभियान
जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा दमौली बजार क्षेत्रमा विहीबार बिहान सचेतना मुलक प्लेकार्ड सहितको र्यालीमा सहभागि प्रहरीहरु । बढ्दो क्रममा रहेको कोभिड-१९ को तेश्रो लहरसंगै यसको न्यूनिकरण र रोकथाम तथा नियन्त्रणको लागि प्रहरीले तपाईको मास्क खोई ?, कोविड…
पुरा पढ्नुहोस -
२१ श्रावण २०७८, बिहीबार १६:४८बिस्कुन सुकाउँदै महिला
तनहुँको घिरिङ गाउँपालिकाको ध्यानुङकी एक महिला घर अगाडिको सडक किनारमा बिस्कुन (धान) सुकाउँदै । कृषकहरुले उत्पादित कृषि उपजलाई सुकाएर भण्डारण तथा कुटानीपिसानी गर्ने गर्छन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ श्रावण २०७८, बिहीबार १६:२६सवारीसाधान चेकजाँच
सवारीसाधान चेकिङ्ग गर्दै जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी । ट्राफिक नियमबिपरीत सवारी चलाउनेको संख्या बढ्दै गएपछि चेकिङ्ग कार्यलाई कडाइ गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० श्रावण २०७८, बुधबार ११:१६मानहुँबाट देखिएको दमौली
तनहुँको व्यास नगरपालिका-५ को मानहुँकोटबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार र आसपासका क्षेत्र । नगरपालिकाले मानहुँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ श्रावण २०७८, मंगलवार ११:२१घरमै कोरोना विरुद्धको खोप
तनहुँको भिमाद नगरपालिका-९ पाङ्मीकी पूर्ण अपाङ्गता भएकी देवी कामीलाई घरमै पुगेर कोभिडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ श्रावण २०७८, मंगलवार ११:१९पसल बन्द गराउँदै प्रहरी
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारमा निषेधाज्ञा कार्यान्वयनका क्रममा पसल बन्द गराउँदै प्रहरी । जिल्ला प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै अत्यावश्यकसंगै अन्य व्यापार व्यवसायलाई पनि बिहान ५ देखि दिउँसो ४ बजेसम्म मात्र खुल्ला गर्न अनुमति दिएको छ । प्रशासले साउन २० गतेसम्मका लागि निषेधाज्ञा जारी…
पुरा पढ्नुहोस