फाेटाे फिचर
-
२९ मंसिर २०७७, सोमबार ११:४३म्याग्देको उमाचोक ब्लकबाट २ करोड बढि मूल्यको सुन्तला बिक्री, तनहुँमा ३० प्रतिशत सुन्तला उत्पादनमा ह्रास
व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकहरुलाई अहिले उत्पादित सुन्तला बिक्री वितरणमा चटारो परेको छ । सुन्तला खेतीका लागि तनहुँ उपयुक्त वातावरण भएको जिल्ला पनि हो । तर, यस वर्षजिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ । एक हजार ५०० हेक्टर क्षेत्रफलमा करिब ८ हजार २ सय…
पुरा पढ्नुहोस -
२५ मंसिर २०७७, बिहीबार ११:२१सुन्तला टिप्दै कृषक
पोखरा महानगरपालिका वडा नं. २१ खरच्याङका कृषक टिकाराम भण्डारी सुन्तला टिप्नुहुँदै । कास्की जिल्लामा सिक्टस ग्रिनीङ भाइरसका कारण अधिकाँशस्थानमा सुन्तला मासिए पनि यस क्षेत्रमा सुन्तला खेती कायमै छ । तस्विर : हरि बाँस्तोला/रासस
पुरा पढ्नुहोस -
२३ मंसिर २०७७, मंगलवार ११:२९शुक्लागण्डकीको भुजिकोट गाउँ
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थित भुजिकोट गाउँ । पर्यटकीय राजधानि पोखरासंगै जोडिएको गाउँमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेपनि उचित पुर्वाधार, प्रवर्द्धन तथा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ मंसिर २०७७, आईतवार १२:१५क्याम्पसमा पढ्न आएका विद्यार्थीको तापक्रम नाप्दै
तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुको तापक्रम नापेर सेनिटाइजरको प्रयोग गरी क्याम्पस प्रवेश गराउँदै क्याम्पसका कर्मचारी । कोभिड-१९ संक्रमण त्रासका कारण गत चैत्र महिनादेखि बन्द भएको क्याम्पस गत हप्तादेखि खुल्ला भएको छ । तस्विर : भञ्ज्याङ न्यूज
पुरा पढ्नुहोस -
१९ मंसिर २०७७, शुक्रबार १०:४५पाक्यो कोदो, टिप्दै किसान
लमजुङ दोर्दी गाउँपालिका-५ पाचोक छैलुङका गुरुङ महिला बारीमा कोदो टिप्दै । धानबाली भित्र्याए लगत्तै किसानलाई यतिवेला कोदो टिप्ने चटारो छ । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
११ मंसिर २०७७, बिहीबार ११:३५तनहुँको भानुमा थापिएको काठको खोरमा चितुवा पर्यो
तनहुँको भानु नगरपालिका-२ स्थित सामुदायिक वनमा थापिएको खोरमा चितुवा परेको छ । खोरमा परेको चितुवालाई आज बिहान सुरक्षित रुपमा नियन्त्रणमा लिइएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा चितुवा परेको हो । सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र…
पुरा पढ्नुहोस -
९ मंसिर २०७७, मंगलवार ०९:३८भानुको सामुदायिक वनमा चितुवाको खोजी (फोटोफिचर)
तनहुँको भानु नगरपालिकाको वडा नं. १, २, ३, ४ लगायतका क्षेत्रमा चितुवा आतंक बढेपछि चितुवको संख्य, चितुवाको आहारा प्रजातिको अवस्था अध्ययन गर्न प्रभावित क्षेत्रका सामुदायिक वनमा ट्रयापिङ क्यामेरा जडान गर्दै कास्कीका डिभिजन वन अधिकृत केदार बराल सहितको प्राविधिक टोली । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ कार्तिक २०७७, शनिबार १३:३०तिहारलाई सयपत्री फूलको माला (फोटोफिचर सहित)
नारायण खड्का (दमौली) तिहार पर्व उज्यालो र फूलको पर्व हो । यो पर्वमा फूलको अधिक प्रयोग हुन्छ । त्यसमा पनि सयपत्री, मखमली लगायतका फूल विशेष रुपमा प्रयोग गरिन्छ । यमपञ्चक अर्थात तिहार पर्व अन्तरगत आज कुकुर तिहार मनाइदै छ भने आज नै लक्ष्मी पूजा पनि…
पुरा पढ्नुहोस -
१८ कार्तिक २०७७, मंगलवार १६:४४सूर्योदय, हिमश्रृंखला, दमौली बजारको मनोरम दृष्य अवलोकनका लागि मानहुँकोटमा आन्तरिक पर्यटकको ओइरो
पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने…
पुरा पढ्नुहोस