फाेटाे फिचर
-
१८ आश्विन २०७७, आईतवार ११:३४खेल मैदान निर्माणमा जुटेका युवा
तनहुँको बन्दीपुर गाउँपालिका-५ कल्चोकका युवाहरु खेलमैदान सम्याउन श्रमदान गर्दै । स्थानीय टिकामाया सारु र रेशम सारुले पाँच वर्षका लागि जग्गा निःशुल्क उपलब्ध गराएपछि युवाहरु खेलमैदान निर्माणमा जुटेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ आश्विन २०७७, शुक्रबार १२:०२राजमार्गका फराकिलो बनाइदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-पोखरा सडक खण्डको खैरेनीटार क्षेत्रमा सडक मर्मत सुधार गरी फराकिलो बनाइँदै । सडकको दायाँबायाँका खाली क्षेत्रलाई सदुपयोग गर्दै सडक फराकिलो बनाउन थालिएको छ । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ आश्विन २०७७, बिहीबार १२:४६निर्माणाधिन आइसोलेसन भवन
तनहुँको १० वटै स्थानीय तहको लागत सहभागितामा शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको हाताभित्र बन्दै गरेको आइसोलेसन भवन ।तनहुँको १० वटै स्थानीय तहको लागत सहभागितामा शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको हाताभित्र बन्दै गरेको आइसोलेसन भवन ।
पुरा पढ्नुहोस -
१५ आश्विन २०७७, बिहीबार १२:३८सामान्य बन्दै दैनिकी
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा सर्वसाधारणहरु आफ्नो दैनिकीमा खटि्टदै । कोरोना भाइरस संक्रमण त्रासका कारण करिब सात महिनादेखि भएको बन्दाबन्दी खुकुलो बन्दै गएपछि अहिले र्सवसाधारणको दैनिकी सामान्य बन्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ भाद्र २०७७, शनिबार १६:४१खोलाखोल्सीमा बस्ति पसेपछि
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा मंगलबारदेखि परेको वर्षाका कारण आएको बाढीले भत्काएको सडक । खोलाखोल्सी मिच्दै पानीको बाहबलाई साघुरो गरी घर तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दा कटान र विपद् निम्तिने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ भाद्र २०७७, शनिबार १६:४०चौतारीमा थकाई मार्दै
तनहुँको बन्दीपुर गाउँपालिका-५ कलचोका स्थानीयहरु चौतारीमा थकाई मार्दै । उनिहरु स्थानीय जलदेवी प्राथमिक विद्यालयको जग्गामा रोपिएका विभिन्न जातका बोटविरुवाहरु गोडमेल गरी चौतारीमा आराम गरेका हुन् । पछिल्लो समय यस्ता चौतरा तथा पाटीपौवाहरु लोपहुँदै गएका छन् । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ भाद्र २०७७, शनिबार १६:३८मकैको थाक्रो
तनहुँको ऋषिङ गाउँपालिका-८ धारुङका एक किसानको घरमा थाक्रोमा राखिएको मकै । मकै नकुहियोस्, घुन, पुतली र मुसाले नोक्सान नगरोस भनि कृषकहरुले थाक्रो बनाएर मकै राख्ने गर्दछन् । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस