फाेटाे फिचर
-
१० आश्विन २०८२, शुक्रबार ११:४०आकर्षक बन्दै बेलचौतरा सडक खण्ड
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको खैरेनीटार–दुलेगौंडा खण्डको बेलचौतारा क्षेत्रमा छ लेनको सडक विस्तार कार्य अन्तिमचरणमा पुर्याउँदा आकर्षक देखिन थालेको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पश्चिम खण्ड)ले जामुने–पोखरा सडक खण्डको सडक विस्तार कार्यलाई तीब्रता दिंदै आएको छ । तस्बिर : अशोक विश्वकर्मा/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० आश्विन २०८२, शुक्रबार ११:३५वृद्धवृद्धालाई सास्ती
तनहुँको व्यास नगरपालिका–३ महर्षिचोकस्थित प्रभु बैंकमा बिहीबार सामाजिक सुरक्षा भत्ता लिन सेवाग्राहीको भीड । दशैँ सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भीड बढेको छ । तनहुँका केही पालिकाहरुले सिधै बैंकबाट भत्ता बुझ्नुपर्ने व्यवस्था गरेपछि बैंकहरुले पनि भक्ता भुक्तानीलाई सहज नबनाउँदा लाभग्राहीहरुले विभिन्न समस्याहरु झेल्नुपरेको…
पुरा पढ्नुहोस -
९ आश्विन २०८२, बिहीबार १२:४३मकै भण्डारण
तनहुँको घिरिङ गाउँपालिका–४ पार्थोक गाउँको एक घरको बारताली (बराण्ड, दलान)मा भण्डारण गरिएको मकै । घुन, पुत्ला र मुसाबाट सुरक्षित गर्नका लागि ग्रामीण क्षेत्रका कृषकहरुले मकै झुता बनाएर यसरी भण्डारी गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ आश्विन २०८२, बुधबार १२:३०टोल टोलबाटै सामाजिक सुरक्षा भत्ता
तनहुँको आँबुखैरेनी गाउँपालिकाको “टोल टोलमा सामाजिक सुरक्षा भत्ता वितरण” गर्ने नीति तथा कार्यक्रम अनुसार मंगलबारवडा नं. ६ स्थित प्युघरका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ आश्विन २०८२, मंगलवार १२:५४टपरी बनाउने सालको पात
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको सोमबारे कृषि हाटबजारमा बिक्रीका लागि राखिएको सालको पात । गाउँपालिकाले हाटबजार सञ्चालन गरेपछि गाउँको उत्पादनले सहज रुपमा बजार पाएको छ भने कृषकको आर्थिक उपार्जनको माध्यम पनि बन्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ आश्विन २०८२, मंगलवार १२:४९रोटेपिङ्ग खेलिँदै
लमजुङको मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा सोमबार घटस्थापनाको अवसर पारेर २४ पिर्के रोटेपिङ्ग खेल्दै स्थानीयवासी । पछिल्ला केही वर्षयता गाउँबस्तिमा युवा जनशक्ति नहुँदा रोटेपिङ्ग बनाउने संस्कृति लोप हुँदै गएको छ । तस्बिरः देवेन्द्र गुरुङ/रासस
पुरा पढ्नुहोस -
६ आश्विन २०८२, सोमबार १०:४८चिटिक्का डुम्रे बजार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार । मुग्लिन–पोखरा सडक विस्तार योजनाले डुम्रे बजार क्षेत्रमा सर्भिस लेन सहित छ लेनको सडक विस्तार गरी सडक सुरक्षाका आवश्यक मापदण्ड निर्माण तथा रङ्गरोगन गरेपछि डुमे बजार क्षेत्र चिटिक्का र आकर्षक देखिन थालेको छ । तस्विर : नारायण…
पुरा पढ्नुहोस -
६ आश्विन २०८२, सोमबार १०:३७बजारमा चहलपहल
तनहुँको दमौलीस्थित एक पसलमा चुत्ता चपल खरिदबिक्री गरिदै । नेपालीको महान चाडपर्व बडादशै घरआँगनमा भित्रिएसंगै आवश्यक वस्तु खरिद बिक्रीका बजार क्षेत्रमा चहलपहल बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ आश्विन २०८२, आईतवार ११:१६पुल निर्माण अन्तिमचरणमा
तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माणाधिन पुल अन्तिम चरणमा पु¥याइएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १० करोड १० लाख ९१ हजार १६६ रुपैयाँको लागतमा करिब ४० मिटर लम्बाइको पक्कि पुल निर्माण गरिएको हो । तस्विर :…
पुरा पढ्नुहोस