फाेटाे फिचर
-
२७ जेष्ठ २०८२, मंगलवार १३:०३मौसमी फल लिचिको व्यापार
तनहुँको दमौलीस्थित अनशन चौतारीमा मौसमी फल लिचि खरिदबिक्री गरिदै । गोरखाको च्याङ्लिमा उत्पादित लिचि व्यपारिहरुले दमौली बजारीमा बिक्री वितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ जेष्ठ २०८२, मंगलवार १२:५७सडक ढलानको तयारी
तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङमा ग्रामीण कच्चि सडकलाई ढलान गरी स्तरोन्नति गर्ने तयारी गरिदै । ओसिलो र भिरालो जमिनमा विस्तार गरिएका सडकमा कालोपत्र भन्दा ढलान उपयुक्त मानिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ जेष्ठ २०८२, सोमबार १३:३१मनसुन पूर्व तयारी सचेतना
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयका विद्यार्थीलाई मनसुन पूर्व तयारी सचेतनामूमलक कार्यक्रम गर्दै व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ)का प्रतिनिधिहरु । सेती नदी किनारमा अवस्थित यस विद्यालयका विद्यार्थीहरुलाई कालीभञ्जन गणले कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरुलाई नदीमा अचानक आउने बाढीबाट के–कसरी सुरक्षित…
पुरा पढ्नुहोस -
२६ जेष्ठ २०८२, सोमबार १३:१९महिलाहरुलाई सीप मुलक तालिम
तनहुँको घिरिङ गाउँपालिकाले वडा नं. ३ का महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन बुटिक डिजाइन सम्बन्धी सीप मुलक तालिममा सहभागि स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०८२, आईतवार १३:०५वन्यजन्तुलाई वनमै पानी
तनहुँको बन्दीपुर गाउँपालिका–२ को मुचुक सामादायिक वनमा निर्माण गरिएको पानीपोखरी । पानीखोज्दै वन्यजन्तु मानवबस्तिसम्मा आइनपुगुन र वनमै पानी स्रोत व्यवस्थापन होस भन्ने उद्देश्यले वर्षातको पानी संकलन गर्न तनहुँका विभिन्न सामुदायिक वनमा पानीपोखरी निर्माण गरिएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०८२, आईतवार १२:५०भानु नगरस्तरीय शैक्षिक सामाग्रि प्रदर्शनी
तनहुँको भानु नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको भानु नगरस्तरीय दोस्रो शैक्षिक सामग्री प्रदर्शनी महोत्सव–२०८२ विभिन्न विद्यालयका विद्यार्थीहरुले तयार गरेका सामाग्रिहरु । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ जेष्ठ २०८२, बिहीबार १२:५४भानुमा स्वास्थ्य शिविर
तनहुँको भानु नगरपालिकाको स्वास्थ शाखाले बुधबार आयोजना तथा क्षयरोग केन्द्र गण्डकी प्रदेश र प्रदेश जनस्वास्थ्य कार्यलय तनहुँको समन्वयमा भानु–१ मा ए–आर्ई एक्स–रे को प्रयोगद्वारा छाती रोग सम्वन्धी स्वास्थ्य शिविरमा सेवा लिन आएका नगरबासिहरु । उक्त शिविरबाट तीन जना क्षयरोगका बिरामी पत्ता लागेको थियो भने संकास्पद…
पुरा पढ्नुहोस -
२१ जेष्ठ २०८२, बुधबार १३:४४खत्रीखोलामा पक्कि पुल
तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलस्थित भानु मार्गको खत्रीखोलामा निर्माणाधिन पक्कि पुल । वर्षायाममा बाढी आउँदा खोलामा निर्माण गरिएको कचवेपनि भत्काइदिदा सवारी साधान तथा पैदालयात्री समेत वरपार गर्न नसक्ने अवस्था सृजना भएपछि नगरपालिकाले चालु आर्थिक वर्षको हिऊँदे अधिवेशनबाट ३२ लाख रुपैयाँ बजेट विनियोजन गरी पुल निर्माण कार्य…
पुरा पढ्नुहोस -
२१ जेष्ठ २०८२, बुधबार १३:३३विमलनगरस्थित चुनपहरामा चार लेनको सडक
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–४ विमलनगरस्थित चुनपहरा खण्डमा मस्र्याङ्दी नदीबाट टेवापर्खाल निर्माण गरी बनाइदै गरिएको चार लेनको सडक। मुग्लिन–पोखरा सडकविस्तार आयोजना (पूर्वी खण्ड)ले चुनपहरा खण्डको चार लेनको सडक कालोपत्र असार मसान्त भित्रै सक्ने गरी धमाधम निर्माण कार्य अगाडि बढाएको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस