अपाङ्गता भएकालाई घरमै नागरिकता

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीकी नविना खनाललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी । जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी उनको औठाछाप घरमै लगाएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
तस्विर : भञ्ज्याङ










