फाेटाे फिचर
-
६ असार २०८२, शुक्रबार १२:४७बढ्यो दुर्घटना
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्लाको घुम्तिमा विहीबार दुर्घटना भएको जेएच ०२ बिएल–४१२३ नम्बरको फलाम बोकेको सवारीसाधन । चार लेनमा सडक विस्तारसंगै यस स्थानमा मालवहाक सवारीसाधानको दुर्घटना बढेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ असार २०८२, बिहीबार १२:४१तनहुँको दमौली बजार
तनहुँको सदरमुकाम दमौली बजार र आसपासका दृश्यहरु । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
३ असार २०८२, मंगलवार १३:०३क्षयरोग (टीवी) रोग पहिचान गर्न शिविर
तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीले वडा कार्यालय गजौडेको आर्थिक सहयोगमा सञ्चालन गरेको क्षयरोग (टीबी) सम्बन्धी खकार नमुना संकलन शिविर सेवा लिन आएका स्थानीय सेवाग्राहीहरु । उक्त शिविरबाट करिब ३५ जनाको खकार नमुना संकलन गरिएको छ। संकलित नमुनाहरू थप परीक्षणका लागि दमौली अस्पताल र…
पुरा पढ्नुहोस -
३ असार २०८२, मंगलवार १३:०१चारलेनमा विस्तारपछि नागबेली जस्तै देखिएको सडक
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँवुखैरेनी–जामुने (पूर्वी) खण्डको व्यास नगरपालिका–१२, कमलबारी र घाँसीकुवा खण्डमा चार लेनमा सडक विस्तार भएपछि देखिएको नागबेली सडक । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
३० जेष्ठ २०८२, शुक्रबार १३:१४मातृशिशु सुरक्षार्थ आयुर्वेद सेवा
तनहुँको भिमाद नगरपालिका अन्तर्गत आयुर्वेद स्वास्थ्य शाखाले नगरपालिकाका विभिन्न स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरमा मातृशिशु सुरक्षार्थ आयुर्वेद सेवा प्रदान गर्दै । कार्यक्रम अन्तर्गत प्रसुती महिलाहरुलाई शतावरि चुर्ण, ज्वानो चुर्ण र दशमुल तैल वितरण गर्नुका साथै मातृशिशु सुरक्षार्थी आवश्यक परामर्श समेत गर्ने गरिएको छ । तस्विर…
पुरा पढ्नुहोस -
३० जेष्ठ २०८२, शुक्रबार १३:११आर्थिक उपार्जनका लागि भानुका महिलालाई बाख्रा वितरण
तनहुँको भानु नगरपालिका सामाजिक विकास शाखा तथा महिला लघु उद्यम कार्यक्रम अन्तर्गत वडा नं. ५ का महिलाहरुलाई बाख्रा वितरण गरिदै । महिला सशक्तिकरण र आयआर्जन वृद्धि गराउने तथा पशुपालन व्यवसायमा प्रेरित गर्ने र पोषण सुरक्षामा योग्दान पुर्याउने उद्देश्यका साथ स्थानीय महिलाहरूलाई १५ वटा बाख्रा वितरण…
पुरा पढ्नुहोस -
२९ जेष्ठ २०८२, बिहीबार १२:१७आँवुखैरेनीमा बजार अनुगमन
तनहुँको आँवुखैरेनी गाउँपालिका–३ स्थित आँवुखैरेनी बजार क्षेत्रमा सञ्चालित व्यवसायिक पसलहरुको अनुगमन गरिदै । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी नेतृत्वको टोलीले आँबुखैरेनी बजार क्षेत्रका ३२ वटा व्यवसायहरूमा अनुगमन गरेको थियो। इलाका प्रहरी कार्यालय आँबुखैरेनी, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय दमौली, कृषि फार्म व्यवस्थापन तथा…
पुरा पढ्नुहोस -
२७ जेष्ठ २०८२, मंगलवार १३:०३मौसमी फल लिचिको व्यापार
तनहुँको दमौलीस्थित अनशन चौतारीमा मौसमी फल लिचि खरिदबिक्री गरिदै । गोरखाको च्याङ्लिमा उत्पादित लिचि व्यपारिहरुले दमौली बजारीमा बिक्री वितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ जेष्ठ २०८२, मंगलवार १२:५७सडक ढलानको तयारी
तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङमा ग्रामीण कच्चि सडकलाई ढलान गरी स्तरोन्नति गर्ने तयारी गरिदै । ओसिलो र भिरालो जमिनमा विस्तार गरिएका सडकमा कालोपत्र भन्दा ढलान उपयुक्त मानिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस