आँवुखैरेनीमा बजार अनुगमन

तनहुँको आँवुखैरेनी गाउँपालिका–३ स्थित आँवुखैरेनी बजार क्षेत्रमा सञ्चालित व्यवसायिक पसलहरुको अनुगमन गरिदै । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी नेतृत्वको टोलीले आँबुखैरेनी बजार क्षेत्रका ३२ वटा व्यवसायहरूमा अनुगमन गरेको थियो। इलाका प्रहरी कार्यालय आँबुखैरेनी, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय दमौली, कृषि फार्म व्यवस्थापन तथा सहकारी मन्त्रालयका प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दमौली, कृषि ज्ञान केन्द्र दमौली, आँबुखैरेनी गाउँपालिका कृषि शाखा, आँबुखैरेनी उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकार्यका प्रतिनिधिहरुको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका एवं अखाद्य सामाग्रीहरु मिठाई, लेर्स, कुरकुरे, मसला, पाउरोटी लगायतका वस्तु बरामद गरी नष्ट गरिएको थियो । तस्विर : भञ्ज्याङ










