फाेटाे फिचर
-
२३ चैत्र २०८०, शुक्रबार ११:२५फराकचौरमा मोटर मार्गको स्तरोन्नती
तनहुँको व्यास नगरपालिका-११ को फराकचौर-फेदिफाँट-कोलढुङ्गा मोटर मार्गमा पक्की नाली निर्माण गरिदै । यस्तै, फराकचौरस्थित कोलढुङ्गा क्रीकेट खेलमैदानदेखि भुलभुले बिराउटा नयाँ कृषि मोटर मार्ग निर्माण कार्य पनि थालिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ चैत्र २०८०, शुक्रबार १०:५४तामका गाग्री बनाउँदै
तनहुँको भिमाद नगरपालिका-६ निवासी थर्कबहादुर रसाइली तामाका गाग्री बनाउँदै । उनले तामाको भाडा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२३ चैत्र २०८०, शुक्रबार १०:५२उपभोक्ताको लागत सहभागितामा बाटो ढलान
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ को गौरीशंकर टोल टिकड्रेन नाला बाटो ढलानको तयारी गरिदै । उपभोक्ताको लागत सहभागितामा जाम्दी टोल जाम्दीबेसीदेखि म्याग्दे गाउँपालिका जोड्ने मोटर मार्ग टिकड्रेन नाला र बाटो ढलानको कामलाई तीब्र पारिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ चैत्र २०८०, बिहीबार ११:४७रेशम किराको जीवनचक्र
तनहुँको बन्दीपुरस्थित व्यवसायिक कीट विकास केन्द्रको परिसरमा राखिएको रेशम किरा र खेतीको जीवनचक्र । अन्तर्राष्ट्रिय बजारमा रेशम धागोको माग उच्च रहेपनि पछिल्लो समय रेशम किरा खेती गरी धागो उत्पादन गर्ने व्यवसाय लोपको संघारमा पुगेको छ । रेशम धागोलाई सेतो सुनको नामले परिचित भएपनि बढि लागतमा…
पुरा पढ्नुहोस -
२२ चैत्र २०८०, बिहीबार ११:२९सरसफाई
तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पस हाताभित्र बुधबार सरसफाई गरिदै । क्याम्पसले चैत्र २३ गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिामा १६औं वार्षिकोत्सव, नवनिर्मित भवनको उद्घाटन तथा पाँचौ अधिवेशन गर्ने कार्यक्रम तय गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ चैत्र २०८०, बुधबार ११:४१तरकारी खरिद बिक्री
तनहुँको व्यास नगरपालिका-३ स्थित निमचोकमा तरकारी खरिद बिक्री गरिदै । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज व्यापारहरुले खरिद गरी यहाँ बिक्री वितरण गर्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ चैत्र २०८०, बुधबार ११:१३ज्येष्ठ नागरिक आरोग्य सेवा
तनहुँको घिरिङ गाउँपालिका-३ सु्न्धारामा मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले ज्येष्ठ नागरिक आरोग्य सेवा प्रदान गर्दै । आयुर्वेद स्वास्थ्य केन्द्रले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ घिरिङका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य परामर्शका साथै औषधि वितरण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० चैत्र २०८०, मंगलवार १२:०४सडक व्यापारीको भलाकुसारी
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजारमा राजमार्गका यात्रुलाई लक्षित गरी फलफूल, पानी लगायतका खानेकुरा बिक्री वितरण गर्दै महिलाहरु । सडक विस्तारका लागि खनिएको सडक र भत्काइएका घरका कारण उड्ने धुलो तथा चर्को घामको समेत प्रवाह नगरी महिलाहरु व्यापारमा खट्टनिे गर्छन । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० चैत्र २०८०, मंगलवार ११:५४ढलान गरी सडक स्तरोन्नती
तनहुँको म्याग्दे गाउँपालिका-७ को रानीटारीदेखि हर्कपुर, धारापानी, अर्चले, माजीलाङ, भाबर हुँदै घुम्ती जोड्ने मोटर मार्गको स्तरोन्नतीका लागि सडक ढलान गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस