तनहुँको आँवुखैरेनीमा दुइ वटा माइक्रो ठक्कर खाँदा १२ जना घाइते, एकको अवस्था गम्भिर

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा साेमबार साँझ दुई वटा माइक्रो एक आपसमा ठक्कर खाँदा बाह्र घाइते भएका छन् ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बा २ ख ४०२० नम्बरको माइक्रोबस र विपरित दिशाबाट मुग्लिङतर्फ जादै गरेको बा ४ ख ५१७९ नम्बरको माइक्रोबस आपसमा ठक्कर खाई दुर्घटना हुँदा बा २ ख ४०२० नम्बरको माईक्रो बसमा सवार बाह्र जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये आठ जनालाई चितवन पुरानो मेडिकल कलेज पठाइएको छ भने चार जनाको तनहुँकै आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइते हुनेहरुमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय राजु गिरी, गोरखा पालुङटार नगरपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीय रामप्रसाद गुरुङ, व्यास नगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षीय डिल्लीराम भुजेल, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १४ बस्ने ३८ वर्षीय लेकासी गुरुङ रहेका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै व्यास नगरपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय गणेश राई, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २१ बस्ने ४१ वर्षीय विजय पौडेल, सोही ठाउँका ४५ वर्षीय प्रेम ठकुरी, पोखरा महानगरपालिका वडा नम्बर १४ का ४४ वर्षीय मनोज तामाङ, सोही ठाउँका ३६ वर्षीया सविता श्रेष्ठ तामाङ, पोखरा महानगरपालिका वडा नम्बर २१ वर्षीय रोशन ठकुरी, रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका वडा नम्बर २१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते भएका छन् । उनीहरुको चितवन पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker