रेजेडआर१२५ याफआई स्कुटरको माइलेज च्यालेन्जको उपाधी श्रेष्ठले जिते

भञ्ज्याङ न्यूज

तनहुँको दुलेगौडामा रेजेडआर१२५ याफआई स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिताको उपाधि सोम प्रसाद श्रेष्ठले जितेका छन् । दुलेगौडाको सुन्दर अटो वर्क्स यामाहा शोरुम र यमएडब्लु इन्टरप्राइजेजले संयुक्त रुपमा शनिबार आयोजना गरेको उक्त प्रतियोगिता श्रेष्ठले ८०.५९ केयमपिएल ल्याई प्रथम भएका हुन् ।

उक्त प्रतियोगितामा खिम नारायण पौडेल (आरती)ले ७८.६६ केयमपिएल ल्याई द्धितीय र दुर्गामान श्रेष्ठले ७३.७८ केयमपिएल ल्याई तृतीय हुन सफल भएका छन् । यो प्रतियोगिताबाट यामाहाको १२५सिसिको रेजेडआर स्कुटर प्रति आकर्षण झन बढेको सुन्दर अटो वर्क्सका प्रबन्धक आनन्दसुन्दर श्रेष्ठले बताए ।

कार्यक्रममा यामाहा राइडरहरूबाट सूर्य पराजुली र सोमप्रसाद श्रेष्ठ, यमएडब्लुका सुवास मैनाली, इन्जिनियर विक्रम रेग्मी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

दुलेगौडाबाट सुरु भएको र्‍याली खैरेनीटार र भीमाद हुँदै दुलेगौंडा स्थित जंगल पार्कमा आई टुङ्गिएको थियो । र्‍यालीमा २५ जना राइडरको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker