खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु

खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिनुभयो । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए ।

शारीरिक अपाङ्गता भएका बुवासँगै खेत जोतेर घर फर्कँदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिनुभयो । मङ्गलबार साँझ उक्त घटना भएको उहाँले बताउनुभयो । खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उहाँ घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडाध्यक्ष अम्गाईँले जानकारी दिनुभयो ।

घटनाको खबर प्राप्त भएलगत्तै बुङ्कोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर परीक्षणपछि आज परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker